खोलाघरे साहिँलोलाई बद्रीनाथ अभिनव छन्दाेवध्द कविता साधक पुरस्कार प्रदान गरिने
मङ्सिर २५गते/बद्रीनाथ अभिनव छन्दाेवध्द कविता साधक पुरस्कार यस वर्षकाे लागि गङ्गाप्रसाद अधिकारी खाेलाघरे साहिँलाे, इलामलाई प्रदान गरिने निर्णय गरिएको छ ।
यही मङ्सिर २७ गते शनिबार शिव पाञ्चायन मन्दिर परिसर,कागेश्वरी मनाेहरा न.पा.६ मा आयोजना गरिने कार्यक्रममा खाेलाघरेलाई सम्मान गरिने अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले जानकारी दिनुभएको छ।
उनका प्रकाशित कृतिहरूमा कवितासङ्ग्रह-
१."आज एउटा जुलुश निस्किंदैछ"(२०५७),
२)"सानाे छन्द वाटिका"-छन्द परिचय र कविता (२०६८) ३..... खोलाघरेले( स्रग्धरावली) स्रग्धरा छन्दका २०८० वटा पद्यहरू-२०७८
४. "नेपाल सर्वोपरि"छन्दोबद्ध कवितासंग्रह(२०७९)
५. "पद्यवल्ली "छन्दोबद्ध कवितासंग्रह (२०७९)
६."सौदामिनी"- मुक्तकाव्य (छन्दमा मुक्तकहरू) (२०८०)
७."ऋतुराग"(ऋतुकाव्य-२०८२)
कथासङ्ग्रहहरू-
१."स्थापित/विस्थापित"(२०६४),२."ऐजेरु र आगाे"(२०६७)
गजल सङ्ग्रहहरू-१."जिजीविषा;रिक्त/रिक्त"-(२०६३,)२."मनचरीकाे मनपरी-(२०६५),
३."एक्लिएकाे साँझ"-(२०६५) ४."पत्तासाफ" (२०८०)आदि कृतिहरु छन्।
उनलाई विभिन्न संघ संस्थाहरुले मान सम्मान सहित सम्मान तथा पुरस्कृत गरिसकेको छ।
काठमाडाैमा अभिनवकाे २८६ औँ शृङ्खला अन्तर्गत साेही दिन शर्मिला तिमल्सिनाद्वारा रचित रहर जिन्दगीकाे नामक गजलसङ्ग्रहकाे लाेकार्पण र नियमित कवि गाेष्ठीसमेत हुने आयोजक संस्थाले जनाएको छ।