क्याफेमा कविता शृङ्खला - ७ कार्यक्रम सम्पन्न
नेपालबिट मिडिया प्रा.लि. ले सञ्चालन गर्दै आएको क्याफेमा कविताको ७औं शृङ्खला आज असोज - ११ गते शनिबार माइतीघर क्याफे इटहरीमा सम्पन्न भएको छ।
यो शृङ्खलामा कवि करुणा राई र सुविद गुरागाईँका कविताहरू प्रस्तुत गरिएको थियो। कविहरूले चार/चार ओटा कविता वाचन गर्नुभएको थियो।

गीतकार तथा गजलकार किरण टी लिम्बूको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार कृष्ण अधिकारी रहनुभएको थियो। कार्यक्रमको सञ्चालन नेपालबिटका अध्यक्ष रामप्रसाद खरेलले गर्नुभएको थियो।
हरेक शनिवार सञ्चालन हुँदै आएको क्याफेमा कविताको ७औं शृङ्खलामा विभिन्न क्षेत्रका कवि, लेखक तथा प्राध्यापकहरूको विशेष उपस्थिति रहेको थियो।
ट्यागहरू:
सहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गायिका सृष्टि हिङमाङ मनमाया स्मृति संगीत पुरस्कारबाट पुरस्कृत
दिलिप घिमिरे - शनिबार ३० मई २०२६
मनोहराको ११३औं मासिक शृङ्खला र कृति लोकार्पण
दिलिप घिमिरे - आइतबार २४ मई २०२६
मकवानपुरमाविभिन्न विधाका ७ स्रष्टा सम्मानित
दिलिप घिमिरे - सोमबार ११ मई २०२६
वाराणसीमा डा.इन्दुप्रभा देवी र राजु प्रधानलाई मदन स्मारक सम्मान समर्पण
दिलिप घिमिरे - सोमबार २७ अप्रिल २०२६