कविता, नाटक र संगीतमार्फत जेन–जी सहिदलाई श्रद्धाञ्जली

दिलिप घिमिरे · पौष १३, २०८२ ८:०८ AM
Cover Image for News

झापा /जेन–जी आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा शनिबार भरतपुर चौबिसकोठी चोकमा ‘स्वराञ्जली : सहिदहरूमा समर्पित’ कार्यक्रम सम्पन्न भयो । 

जेन–जी चितवनको आयोजनामा जेनजी मुभमेन्ट एलाइन्स, नेपाल जेन–जी फ्रन्ट, र द काउन्सिल अफ जेन–जीसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
 जहाँ कविता, सडक नाटक र संगीतमार्फत सहिदहरूलाई श्रद्धाञ्जली दिँदै उनीहरूले सपना देखे अनुसारको उन्नत नेपाल बनाउन आउँदो निर्वाचनमा सजग र सचेत भएर मतदान गर्न अपिल गरियो ।

Notes_251228_075629_3c7.jpg 167.31 KB

कार्यक्रममा जेन–जी नेता रक्षा बमले पनि कविता सुनाइन् । उनले चितवनका कवि भूपिनले लेखेको ‘तानाशाहको कुरूप कला’ कविता पाठ गरिन् ।
  त्यसैगरी विनिता गुरुङ, अन्जान प्रदीप, मनिष खनाल, सचिन चापागाईँ, राजन रानामगर लगायतले कविता सुनाएर जेन–जी अभिमतका पक्षमा आफूलाई उभ्याए । त्यसपछि चितवनको नाट्य संस्था ‘कर्मी चौतारी’ले सडक नाटक ‘चुकन्दर’ देखाएको थियो।
चौबिसकोठीको पिपलको रुख तल जेन–जीका पक्षमा कविता र नाटकसँगै संगीत पनि गुञ्जियो । नेपाल आइडल छैटौँको सेकेन्ड रनरअप दर्शना गान्धारीले गीतहरू मार्फत सहिदलाई श्रद्धाञ्जली दिइन् ।
समर्पण न्यौपानेले पनि गीतमार्फत नै देशका लागि जुट्ने बेला भएको सन्देश दिए ।

ट्यागहरू:
साहित्य #गीत# गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।