कविहरुले सिर्जनामार्फत गरे पृथ्वीनारायण शाहको स्मरण

दिलिप घिमिरे · पौष २८, २०८२ ७:४८ PM
Cover Image for News

झापा २८पुस/३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चन्द्रागिरि डाँडामा फरक र सिर्जनात्मक शैलीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आइतबार स्मरण गरिएको छ। 

थर्डपोल ग्रुपद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा सर्जकहरूले नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिक चन्द्रागिरि पुगेर त्यहाँस्थित शाहको शालिकसामु रचना वाचन गर्दै श्रद्धाभाव प्रकट गरेका थिए ।

कार्यक्रममा इतिहासकार तथा संस्कृतिविद् दिनेशराज पन्तले पृथ्वीनारायण शाह र चन्द्रागिरि डाँडाबीचको ऐतिहासिक सम्बन्धबारे प्रकाश पारेका थिए। त्यसैगरी कवि एवं गीतकार एस्पी कोइराला, दिनेश अधिकारी, डा. राजुबाबु श्रेष्ठ, प्रद्युम्न जोशी, मणि लोहनी, प्रभाती किरण, नारायण निरासी, हेम प्रभास, एलिशा ढुङ्गाना, अनिता कोइराला, कृष्ण बञ्जाडे र दिनेश परियारले आफ्ना कविता र सिर्जनामार्फत राष्ट्रिय एकता र भूगोल एकीकरणको महत्त्वबारे चर्चा गरेका थिए। उनीहरूका सिर्जनामा नेपालीलाई विश्वभर चिनाउने युगपुरूष शाहको योगदानलाई उच्च सम्मान गर्नुपर्ने र वर्तमान पुस्ताले इतिहासको कदर गर्नुपर्ने भाव समेटिएको थियो। 

FB_IMG_1768225409643.jpg 70.78 KB
चन्द्रागिरि हिल्सका मानव संशाधन प्रमुख झलकराज शर्माले पृथ्वीनारायण शाहसँग प्रत्यक्ष जोडिएको यस ऐतिहासिक स्थानमा उहाँको पूर्णकदको शालिक निर्माण गरेर इतिहासलाई जीवन्त राख्ने प्रयास गरिएको जानकारी दिएका छन्। चन्द्रागिरिमा राष्ट्रिय एकता दिवसको अवसरमा प्रत्येक वर्ष यसरी नै विशेष कार्यक्रम आयोजना गर्ने गरिएको छ। नेपालभर विविध स्वरूप र शैलीमा शाहको योगदानलाई स्मरण गरियो ।

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #जीवनी
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।