कवि शेरचनलाई ‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ दिइने
झापा पुस १६ गते/ ‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि तथा गीतकार उषा शेरचनलाई प्रदान गरिने भएको छ ।
आर्थिक सञ्जाल मिडिया प्रालिद्वारा सञ्चालित ‘आर्थिक सञ्जाल डटकम’ अनलाइन पत्रिकाले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
नेवारी भाषाका साहित्यकार तथा पत्रकार ईश्वरमान रञ्जितको स्मृतिमा स्थापित पुरस्कारको राशि रु ११ हजार १११ रहेको चयन समितिका संयोजककुमार रञ्जितले जानकारी दिए।
कविता, उपन्यास, गीत र मुक्तक विधामा तीन दशकदेखि कलम चलाउँदै आएकी कवि शेरचनका ‘नजन्मेका आस्थाहरु’ तथा ‘सर्वकालीन पीडा र जागृतिको शङ्खघोष’(कविता सङ्ग्रह), ‘अक्षरहरूका शिविरबाट’(मुक्तक सङ्ग्रह)‘तेस्रो रङ्ग’(कथा सङ्ग्रह)‘आधि’(उपन्यास) का साथै गीति क्यासेटहरू‘अभिप्सा’,‘सञ्चयन’ र ‘मेरो माटो :मेरो गीत’ प्रकाशित कृतिहरु छन् ।
ट्यागहरू:
साहित्य #गीत# गजल
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’को दोस्रो संस्करण प्रकाशित
दिलिप घिमिरे - बुधबार ३० सेप्टेम्बर २०२६
कलाश्री विनोद खनाललाई ‘डक्टरेट अवार्ड’ प्रदान गरिने
दिलिप घिमिरे - शुक्रबार २५ सेप्टेम्बर २०२६
कमल रिजालको ‘दर्शनागार’ कृति सार्वजनिक
दिलिप घिमिरे - बुधबार १६ सेप्टेम्बर २०२६
सताक्षीधाम साहित्य सङ्गम दुधेमा १६१ औँ मोती जयन्ती मनाइयो
दिलिप घिमिरे - शनिबार १२ सेप्टेम्बर २०२६