कवि शेरचनलाई ‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ दिइने

दिलिप घिमिरे · पौष १६, २०८२ ११:२४ AM
Cover Image for News

झापा पुस १६ गते/ ‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि तथा गीतकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । 
 आर्थिक सञ्जाल मिडिया प्रालिद्वारा सञ्चालित ‘आर्थिक सञ्जाल डटकम’ अनलाइन पत्रिकाले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

नेवारी भाषाका साहित्यकार तथा पत्रकार ईश्वरमान रञ्जितको स्मृतिमा स्थापित पुरस्कारको राशि रु ११ हजार १११ रहेको चयन समितिका संयोजककुमार रञ्जितले जानकारी दिए।
 
कविता, उपन्यास, गीत र मुक्तक विधामा तीन दशकदेखि कलम चलाउँदै आएकी कवि शेरचनका ‘नजन्मेका आस्थाहरु’ तथा ‘सर्वकालीन पीडा र जागृतिको शङ्खघोष’(कविता सङ्ग्रह), ‘अक्षरहरूका शिविरबाट’(मुक्तक सङ्ग्रह)‘तेस्रो रङ्ग’(कथा सङ्ग्रह)‘आधि’(उपन्यास) का साथै गीति क्यासेटहरू‘अभिप्सा’,‘सञ्चयन’ र ‘मेरो माटो :मेरो गीत’ प्रकाशित कृतिहरु छन् ।

ट्यागहरू:
साहित्य #गीत# गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।