कवि शैलेन घिमिरेको `अनुभूतिका रङहरू´कविता कृति विमोचन

प्रखर कवि शैलेन घिमिरेको `अनुभूतिका रङहरू´कविता सङ्ग्रहको शनिबार विराटनगरमा लाेकार्पण गरियो ।
विराट साहित्य सङ्गमकाे आयाेजना र `आलेख´ साहित्यिक मासिककाे प्रायोजनमा एलिट क्लब विराटनगरको सभाकक्षमा लगभग १५० जनाकाे उपस्थितिमा सङ्गमका अध्यक्ष मधु पाेखरेलकाे सभाध्यक्षता, प्रखर प्रगतिवादी कवि कुन्ता शर्माको प्रमुख आतिथ्य,वरिष्ठ समालोचक प्रा. डा.टङ्क न्याैपाने, वरिष्ठ कवि विवश पाेखरेल,प्राज्ञ खेम नेपाली, साहित्यकार केशव सुनाम,साहित्यकार गङ्गा सुवेदीकाे विशिष्ट आतिथ्य ,प्रा. डा. चक्रपाणि खनाल, प्रा. डा.खगेन्द्र आचार्य, प्रा. डा.मेदनीप्रसाद नेपाल, डा.इन्दिरा आचार्य मिश्र,कवि मीनकुमार श्रेष्ठ `नवाेदित´, कवि दिनेश सुवेदी, कवि बुद्धदेवप्रसाद घिमिरे, सङ्गीतगुरु कुशेश्वर राई, प्रा.डा. मीनराज ढकाल ,कवि यज्ञ सुवेदी, राजनीतिक विश्लेषक दिनेश श्रेष्ठ र दीपेन्द्र घिमिरेको आतिथ्य र साहित्यकार भवानीप्रसाद पाेखरेल, कवि केशु विरही, कवि नवराज नवशिला, कवि प्रिन्स प्रमाेद ढकाल, कवि गाेपाल निर्भीक,कवि शङ्कर सुवेदी उत्स,साहित्यकार जे. बी. खत्री,कवि तथा पत्रकार सुजाता राई, कवि भीम काेइराला,कवि जीवन काफ्ले,कवि शिवनारायण सिङ्गल,कवि गाेविन्द ढुङ्गाना, कवि अम्बिका खरेल उप्रेती लगायतको उपस्थिति कार्यक्रममा रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कविता केशरी, कृतिकारकाे परिचय कवि अच्युत घिमिरे, कृति समीक्षा निर्मला काेइराला र कार्यक्रम सञ्चालन कवि हरि कट्टेलले गरेका थिए ।
कार्यक्रममा भरत बर्बरिकले सङ्ग्रहभित्रकाे `यात्रा सुरु गरिरहेछु´शीर्षकको कविताको बेजोड अभिनयात्मक प्रस्तुति गरेका थिए भने डाेमी कामतले लालटिन र कर्ण सञ्जयले जीवन, यात्रा र बिसाैनीहरू कविताकाे मैथिली अनुवाद गरेर वाचन गरेका थिए ।
यसरी नै कृतिभित्रबाट प्रयाग न्याैपानेले बुवा,नानुमैया दाहालले पिँध, उमेश लुइँटेलले बाटाे र रञ्जना भट्टराईले यात्रा जिन्दगीको शीर्षकको कविता वाचन गरेका थिए ।
खेम नेपाली, केशव सुनाम,डा. इन्दिरा आचार्य मिश्र, गङ्गा सुवेदी, विवश पाेखरेल ,प्रा. डा. टङ्क न्याैपाने र प्रमुख अतिथि कुन्ता शर्माले कवि शैलेन घिमिरेकाे लाेकार्पित कृतिभित्रका कविताहरू उद्धरण गर्दै नेपाली कविता साहित्यमा उनकाे याेगदानकाे चर्चा गरेका थिए ।




