कवि लम्साल र आचार्यलाई छन्द साधना पुरस्कार

दिलिप घिमिरे · कार्तिक २३, २०८२ १०:२५ PM
Cover Image for News

२२ कार्तिक /छन्द तरङ्ग अभियानको सातौँ वार्षिकोत्वसका अवसरमा आज वरिष्ठ कवि डा. नवराज लम्साल र युवाकवि पुरुषोत्तम आचार्यलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । 

कार्यक्रममा वरिष्ठ भाषाविद् एवम् साहित्यकार मुकुन्दशरण उपाध्यायबाट कवि डा. लम्साललाई ४० हजार राशिको विशिष्ट छन्द साधना पुरस्कार र कवि आचार्यलाई २० हजार राशिको छन्द साधना युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो । 

कवि लम्साल
डा. लम्सालले ‘कर्ण’, ‘धरा’, ‘अग्नि’ र ‘कल्प’ जस्ता महाकाव्यका साथै सयौँ गीत रचना गरेका छन् भने मकवानपुरका आचार्यले सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर छन्द कविता लेखन गर्दै आएका छन् ।

यसअघि विशिष्ट छन्द साधना पुरस्कारबाट रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, घनश्याम कँडेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल र गोविन्दराज विनोदी पुरस्कृतत भइसक्नुभएको भने छन्द साधना युवा प्रतिभा पुरस्कारबाट सुदेश सत्याल, कविराज पौडेल र रुपक अलङ्कार पुरस्कृत गरिएको डाक्टर देवी नेपाले बताए ।

छन्द कविताको स्तरीकरण र मानकीकरणका लागि साहित्यकारद्वय प्रा डा रामप्रसाद ज्ञवाली र प्रा डा देवी नेपालको अगुवाइमा २०७५ सालदेखि सो अभियान आरम्भ भएको हो ।
फोटो
विशिष्ट अतिथि शान्ता मानवी र कोषराज न्यौपाने रहनुभएको थियो ।कार्यक्रमको  सञ्चालन सरोज घिमिरेले गरेको कार्यक्रममा  स्वागत मन्तव्य सीता भट्टराईले गरेकी थिइन् ।

ट्यागहरू:
साहित्य# छन्द #कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू