काठमाडौंमा ‘नेपालभाषा कविता कन्सर्ट’ सम्पन्न

दिलिप घिमिरे · भदौ ८, २०८३ १०:३७ AM
Cover Image for News

झापा ८ भाद्र/काठमाडौ महानगरपालिका वडा नं २२ को आयोजनामा ‘नेपालभाषा कविता कन्सर्ट’ सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर तथा बुढानिलकण्ठ साँस्कृतिक प्रतिष्ठानका कुलपति तथा उपन्यासकार प्राज्ञ मल्ल के. सुन्दर र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य प्राज्ञ तथा कवयित्री प्रतिसरा साय्मीको अतिथीद्वयमा सम्पन्न भयो । 

कार्यक्रममा नेपालभाषाका १७ जना कविहरुले आ–आफ्नो रचना, भ्यालिन र बाँसुरीको साथमा वाचन गरेका थिए । प्रस्तुत गरिएका कविताहरुमा विशेष प्रस्तुति चर्चित कवि उज्ज्ला महर्जनको मनोवाद प्रस्तुत गरिएको थियो । नेपालाभाषा कविता क्षेत्रमा बाद्यवादनसँगै कविता वाचनको यो नै सम्भवतः पहिलो प्रयोग थियो । 

कार्यक्रममा नेपालभाषाका विभिन्न पुस्ताका स्रष्टाले आफ्ना सिर्जना वाचन गर्दै भाषा, साहित्य, समाज र संस्कृतिका विविध पक्षलाई कवितामार्फत प्रस्तुत गरेका थिए । कविता कन्सर्टमा लुमन्ती चित्रकारले ‘इतिहासया मत’, रत्न प्रदीपले ‘ब्याँचुलि’, ज्ञानकेशरी श्रेष्ठले ‘विडम्बना’, मिमला शर्माले ‘छँ पियाच्वना’, नवीन प्रकाश श्रेष्ठले ‘छँ व दे’ र दियश रत्न शाक्यले ‘पुलुकिसि’ शीर्षकका कविता प्रस्तुत गरेका थिए । 

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका २२ नम्बर वडाका अध्यक्ष चिनीकाजी महर्जनले आफू कवि नभएको तर कविताको लामो समयदेखि पारखी रहेको बताउँदै नेपालभाषाको श्रीवृद्धिका लागि गरिने यस्ता उपक्रमहरुमा आफ्नो पूर्ण समर्थन रहने जनाए ।
महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा कविता कोलाजका संयोजक तथा कवि रजनीमिलाले कविता कोलाज संस्थाको अवधारणा प्रस्तुत गरेकी थिइन् ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।