कथाकार सुरेश यक्सोको ‘पेनिबा’ कथा सङ्ग्रह सार्वजनिक

दिलिप घिमिरे · कार्तिक २६, २०८२ ९:४७ PM
Cover Image for News

२५ कार्तिक /नेपाली साहित्य क्षेत्रका युवा कथाकार सुरेश यक्सोको  ‘पेनिबा’ कथा सङ्ग्रह आज विमोचन गरिएको छ ।

मैयुङट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा काठमाडौँमा सम्पन्न कार्यक्रममार्फत उक्त कथासङ्ग्रह सार्वजनिक गरिएको हो ।
 कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइलाले ‘पेनिबा’
 कृर्तिलाई आधुनिक नेपाली समाज र प्रवासी नेपालीहरूको जीवनभोगाइको सशक्त प्रतिबिम्ब भएको बताए ।

फोटो
उनले भने, “पेनिबा केवल कथा सङ्ग्रह होइन, यो याक्थुङ समुदायको सांस्कृतिक पहिचान बोकेको दस्तावेज पनि हो । यसमा गाउँको पुरानो जीवनशैली, मानवीय सम्बन्धको दूरी र आधुनिकताको प्रभावको सजीव चित्रण गरिएको छ ।”
कार्यक्रमका विशेष अतिथि एवम् नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ्गले ‘पेनिबा’ लाई नेपाली समाजको पहिचान र विविधताको दर्पण भएको बताए । उनले भने, “सुरेश यक्सोद्धारा लेखिएको पेनीवाले नेपालीपनलाई पुन: अनुभूति गराउँछ । पेनिबा केवल मनोरञ्जनका लागि लेखिएको कथा होइन, यो हाम्रो समाजको आत्मपरक कथा हो ।”

कृतिमाथि बोल्दै लेखक तथा समालोचक डा तुलसी गौतमले यस संग्रहमा कथाकारले मुन्धुमको दर्शनबाट जीवनलाई हेरेको देखिएको बताए ।
कार्यक्रममा प्राज्ञ कवि श्रवण मुकारुङ,
कबि तथा कथाकार विना थिङ,सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी लुमुम्बू लगायत विमोचन समारोहमा साहित्य, कला, संस्कृति, शिक्षा र सुरक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

धनकुटाको कागतेमा जन्मिएका यक्सो हाल हङकङमा वसोवास गर्दै आएका छन् । यक्सोको यो पहिलो कृति हो। यस सङ्ग्रहभित्र १५ वटा कथाहरू समावेश छन् ।
फोटो
कार्यक्रममा सांस्कृतिक विविधता झल्काउने च्याब्रुङ नृत्य समेत प्रस्तुत गरिएको थियो, जसले सभाको माहोललाई थप उत्सवमय बनाएको थियो । 

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
विद्यापति स्मृति पर्व समारोह सम्पन्न
विद्यापति स्मृति पर्व समारोह सम्पन्न
दिलिप घिमिरे - सोमबार १० नोभेम्बर २०२५
इटहरीमा गजल महफिल सम्पन्न
इटहरीमा गजल महफिल सम्पन्न
खगिन्द्रा खुसी - आइतबार ९ नोभेम्बर २०२५