कृष्णभूषण बल सिर्जना सम्मान २०८१’ प्रदान

दिलिप घिमिरे · पौष २०, २०८२ ६:५४ PM
Cover Image for News

झापा २० पुस/कृष्णभूषण बल स्मृति प्रतिष्ठान,विराटनगरले २०८१ सालको पुरस्कार तथा सम्मानको शनिबार  प्रदान गरेको छ । 

प्रतिष्ठानले ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार’ पाँच दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता र समालोचना विधामा पुरयाएको योगदानका लागि समालोचक, कवि डा. राजेन्द्र भण्डारी कालेबुङ, पश्चिम बंगाल (भारत)लाई नगद राशि २५ हजार सहित सम्मान पत्र प्रदान गरिएको हो ।

फोटो
त्यस्तै, २०८१ सालको ‘कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान’ तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि ज्योति जंगललाई र ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार’ दुई दशकदेखि कविता विधामा दिएका योगदानका लागि युवाकवि रमेशचन्द्र अधिकारी (मोरङ)लाई प्रदान गरिएको छ । यी दुई पुरस्कारका साथ नगद राशि क्रमशः १५ हजार र ११ हजार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले नेपाली भाषा साहित्य र संस्कृतिको समृद्धि र सेवामा लामो समयदेखि पुरयाएको योगदानका लागि कवि विमल गुरुङ स्मृति पुस्तकालय,धरानलाई समेत सम्मान  गरिएको प्रतिष्ठानका महासचिव विवश पोखरेलले जानकारी दिएका छन् ।
 विराटनगरको आरोहण गुरुकुलको सभाहलमा भएको कार्यक्रममा साहित्यकार सोमराज अभयको प्रमुख आतिथ्यमा भएको थियो भने डाक्टर टंकप्रसाद न्यौपानेको अध्यक्षता रहेको थियोे ।

फोटो
कृष्णभूषण बल स्मृति प्रतिष्ठानकी  प्रमुख संरक्षक शोभा लामा,कवि खेम नेपाली,कवि मनु मन्जिल,पुरन याक्खा,देवान किराँती,कवि मीनकुमार नवोदित,सीमा आभास, कवि सुमन पोखरेल,कवि शुभलक्ष्मी लम्साल,साहित्यकार केशव आचार्य ,गीतकार चन्द्र भण्डारी,करुणा राई,प्रज्वल पराजुली,सोनु जयन्ती,केपी घिमिरे उपन्यासकार ज्ञानु बुढाथोकी लगायतको उपस्थिति रहेको थियोे ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।