जेनजीसँग साहित्यिक विमर्श सम्पन्न

दिलिप घिमिरे · पौष १०, २०८२ ७:४१ PM
Cover Image for News

झापा /"GenZ र साहित्य: पुस्तागत अन्तरसम्बन्ध" विषयक अन्तरक्रियाजेनजीसँग साहित्यिक विमर्श सम्पन्न  बुधबार धुलिखेलमा सम्पन्न गरिएको छ। 

काठमाडौँ विश्वविद्यालय साहित्य प्रतिष्ठानले आयोजना गरेको "GenZ र साहित्य: पुस्तागत अन्तरसम्बन्ध" विषयको बहस कार्यक्रममा बहसकर्ताको रूपमा अग्रज स्रष्टा डा.नवराज लम्साल, प्रा.डा. देवी नेपाल र प्रभा भट्टराई आचार्य र अनुज पुस्ताका विभूति अधिकारीलाई एकै ठाउँमा राखेर आजको साहित्य लेखन,स्रष्टाको दायित्व, पुस्तागत सम्बन्ध आदिका बारेमा गम्भीर विमर्श गरिएको थियो ।
 बहसको सहजकर्ता प्रविज्ञा नेपाल गरेकी थिइन् ।
 कार्यक्रम हलभरिका जेन जीहरूले देखाएको साहित्यप्रतिको चासो र अपार उत्साह देखेर बहसकर्ता डाक्टर देवी नेपालले खुशी व्यक्त गरे। 

फोटो
बहसमा Gen Z को साहित्यप्रतिको रुचि, डिजिटल माध्यमहरूको गहन प्रभाव, आशा र निराशाका कुरा तथा विभिन्न पुस्ताहरूबिचको साहित्यिक अन्तरसम्बन्धको विषयमा अग्रजहरूका गहन दृष्टिकोण सुन्न र आफ्ना विचारहरू साटासाट गर्न पाउँदा यो अनुभव आफ्नो लागि अत्यन्त प्रेरणादायी रहेको विभूति अधिकारी बताउछन् ।
बहसमा आयोजक संस्थाका अध्यक्ष वत्सल भण्डारीले मायाको चिनो वितरण गरेसँगै कार्यक्रम विसर्जन गरिएको थियोे ।
मायाको चिनो वितरण

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू