गीतकार टीका भट्टराईको छैटौं कृति ‘माटोको सुगन्ध´को विमोचन

चैत्र २८गते/गीतकार टीका भट्टराई नेपालको छैटौं कृति संग्रह ‘माटोको सुगन्ध´एक कार्यक्रममा विमोचन गरिएको छ।
कार्यक्रम वरिष्ठ गायिका तथा सङ्गीतकार मीरा राणाको प्रमुख अतिथ्तमा हो।गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको अध्यक्षतामा भएको उक्त विमोचन कार्यक्रम गीतकार संघ नेपालको सभा हल काठमाडौंमा भएको थियो ।
‘माटोको सुगन्ध´ गीत संग्रहमा १ सय ११ वटा गीतहरू संग्रहित छन्।
संग्रहमा देशभक्ति गीत,युगल गीत,लोक गीत र आधुनिक विधाका गीतहरू पुस्तकमा समेटिएको छ।सरल भाषाशैली र उत्कृष्ट शब्द संयोजन रहेको टीका भट्टराई नेपालका गीतहरूमा देशप्रेम,माटोको सुगन्ध ,नेपाली संस्कृतिप्रतिको मोह,परम्परा र चाडपर्वमा आएको विकृतिप्रतिको चिन्ता,जीवनयापनका यावत आरोह अवरोध,माया प्रेम,पीडा,गाउले परिवेश,खेती किसानी आदि विषयमा गीतहरू सृजना गरिएका छन्।
टीका भट्टराईका गीतहरुमा यशोदा पराजुली, नरेन्द्र प्यासी,शिशिर योगी, प्रमोद खरेल, मेनुका पौडेल, निशान्त भट्टराई , झलक सङ्ग्रौला,सरोज कोइराला, अस्मिता अधिकारी, मेलिना मैनाली ,आनन्द कार्की ,भानु ढकाल ,गौरव दर्पण ,माया गजुरेलले स्वर दिइसकेका छन्।टिकाका करिव ३३ वटा गीतहरू संगीत भइ बजारमा आइसकेका छन् ।
गीतकार भट्टराई नेपालको व्यक्तित्वमाथि प्रकाश खगिन्द्रा खुसीले पारेकी थिइन् भने कृतिको समीक्षा सुशिला पौडेलले गरेकी थिइन् ।
कार्यक्रममा साहित्यकार केशव आचार्य ,अमर वान्तु,गीता खत्री ,अच्युत घिमिरेले शुभकामना मन्तव्य राखेका थिए ।
विमोचन कार्यक्रमको सञ्चालन गीतकार संघका आजीवन सदस्य हरिराम पौडेलले गरेका थिए ।




