डा.लम्सालको 'कल्प'केन्द्रित 'काव्य साँझ सम्पन्न

दिलिप घिमिरे · पौष २, २०८२ ६:५८ PM
Cover Image for News

पौष २/महाकाव्यकार डा. नवराज लम्सालको महाकाव्य 'कल्प'केन्द्रित प्रस्तुति 'काव्य साँझ : कल्प' सम्पन्न भएको छ ।

ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य 'कल्प'का हरफहरू सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गरेका थिए । डा. भण्डारी ललित कला क्याम्पसका बाँसुरीका प्राध्यापक हुन् ।
 कल्प महाकाव्य प्रकृति संस्कृति र मानवताको त्रिवेणी मानिन्छ । वैश्विक चेतनाको भविष्यमुखी महाकाव्य मानिएको कल्पका हरफहरूसँग दर्शकहरू झुमेका थिए ।

फोटो
लम्सालले केही काव्यका र केही निजी सन्दर्भहरू सुनाइरहँदा दर्शकदीर्घा निकै रोमाञ्चित भएको थियो । 
यसरी बाँसुरीसहित महाकाव्य लिएर डाक्टर लम्साल मञ्चमा पहिलोपटक प्रस्तुत भएका हुन् । आफैँ पनि लामो समय रेडियो प्रसारणमामा बिताएका लम्सालले कविता वाचन गरिरहँदा धेरैले उनलाई रेडियो नेपाल र बिबिसीमा सुनेका ती दिनहरूको याद गरे । 

ललितपुरको झम्सिखेलस्थित मोक्षमा आयोजित काव्य साँझमा साहित्य, शिक्षा र संस्कृति क्षेत्रका अगुवाहरूसँगै विभिन्न पेशा र व्यवसायका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।
 डा. लम्साल नेपाली साहित्य र आधुनिक सञ्चारका अगुवा मानिन्छन् । उनका चार महाकाव्यसहित १० पुस्तक प्रकाशित छन् ।
 उनी मूलधारका कवि तथा गीतकार हुन् । उनका चलचित्र र आधुनिक गरी ३ सय ५० बढी गीतहरु रेकर्ड भएका छन् ।

फोटो

ट्यागहरू:
साहित्य# छन्द #कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।