पत्रकार गिरीको ‘भग्न प्रेमशाला’ कथासङ्ग्रह सार्वजनिक

दिलिप घिमिरे · कार्तिक २३, २०८२ ९:२८ AM
Cover Image for News

पत्रकार खगेन्द्र गिरीको ‘भग्न प्रेमशाला’ कथा सङ्ग्रह शुक्रबार राजधानीमा विमोचन भएको छ ।
 प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखकहरू नयनराज पाण्डे, बसन्त बस्नेत र सगुना शाहले पुस्तक विमोचन गरे ।

 लेखक पाण्डेले भने, ‘यी बनावटी र बलजफ्ती लेखिएका होइनन् । भाषा नदीझैँ बगेको छ । कथा कसरी लेख्ने, नयाँ पुस्ताका लागि सन्दर्भ ग्रन्थजस्तो छ ।’
 लेखक बस्नेतले ‘सङ्ग्रहमा इतिहासका प्रामाणिक विषयदेखि एआई, रोबोटिक्सका कथा पनि छन्,’ उनले भने, ‘कतिपय कथा तताउन समय लाग्छ, तर दामी ट्विस्ट आउँछ ।’दिमाग र हृदय छुन सक्ने यी कथामा दक्षिण एसियाली कथाकै जस्तो स्वाद पाइने भन्दै उनले प्रशंसा गरे ।

फोटो
अनुवादक तथा रंगकर्मी सगुना शाहले यस पुस्तकले इतिहासदेखि वर्तमानसम्मको समाजमा विद्धमान राजनीतिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक कुरालाई समेटेको बताइन्। समाजका हरेक पाटोलाई सुक्ष्म ढंगले अवलोकन गरेर ‘भग्न प्रेमशाला’ लेखिएको उनको भनाइ छ।
भग्न प्रेमशाला’ पत्रकार खगेन्द्र गिरीद्वारा लिखित पहिलो कथा सङ्ग्रह हो।सङ्ग्रहमा नौ वटा प्रयोगवादी कथा समावेश छन् ।जसभित्र निर्मुक्त स्त्री, मखमल, अदृश्यस अतस्निहत्था, किमा पराठा, चिसो, स्माइल प्लिज, खुकुरी, हाप्सिलो र हगनगौंडा समावेश छन्।
फोटो
‘गतवर्षको दसैँताका कान्तिपुरको कोसेलीमा नारायण ढकालसँगै मेरो केस नम्बर ४ भन्ने कथा छापिएको थियो। प्रकाशन भएपछि एकदुई दिनमा उहाँको फोन आयो। तपाईंले कथा लेख्नुभएको रहेछ, पढेँ भन्नुभयो। अरू कथा पनि लेख्दै हुनुहुन्छ भन्ने सुनेँ। छाप्नुपर्छ भन्नुभयो। त्यो फोनले छाप्ने मेसो मिल्यो। पुस्तक निकाल्न सघाउने सबैलाई धन्यवाद,’ गिरीले भने।
 
हाल नेपालखबर अनलाइनमा कार्यरत गिरीले एन फ्रयाङ्कको विश्व प्रसिद्ध किताब ’द डायरी अप ए योङ गर्ल’को नेपाली अनुवाद ’एक किशोरीको डायरी’ प्रकाशन गरिसकेका छन् । इन्डिगो इन्क प्रकाशक रहेको ‘भग्न प्रेमशाला’ पुस्तकको मूल्य ५४९ रूपैयाँ रहेको छ।

ट्यागहरू:
सहित्य#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।