बराहक्षेत्रमा गजलकार मानन्धर अभागीको एकल गजल वाचन सम्पन्न

दिलिप घिमिरे · पौष २०, २०८२ ३:०८ PM
Cover Image for News

झापा २० पुस/काठमाडौंका गजलकार मानन्धर अभागीको एकल गजल वाचन कार्यक्रम शनिबार सम्पन्न गरिएको छ।
कार्यक्रम स्वर्णिम साहित्य समाज बराहक्षेत्र-३ सुनसरीको आयोजनामा एकल गजल वाचन गरिएको हो।

फोटो
चर्चित गजलकार विवश बलिभद्र कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम स्वर्णिम साहित्य समाज संस्थाका अध्यक्ष शरणकुमार लिम्बूको अध्यक्षता सम्पन्न भएको थियो ।

कार्यक्रममा साहित्यकार अभागी थेगुवा,गीतकार दिलिप राई `सगर´ प्रल्हाद पहरेदार,समाजसेवी ,शिक्षासेवी,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतका साहित्यअनुरागीहरको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा 'प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन -३' को निम्ति आयोजकले बराहक्षेत्रका अग्रज सर्जक युवराज भट्टराई र कवि सविता फागोलाई आज निर्णायकहरु जिम्मेवारी सहित सार्वजनिक समेत  गरेको कवि प्रकाश दिप्साली राईले बताए ।
फोटो
कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मण कटुवालले स्वागत मन्तव्य राखेका थिए भने गजलकार मानन्धर अभागीको शारदा निरौलाले राखेकी थिइन् ।

ट्यागहरू:
साहित्य #गीत# गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।