बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा
झापा /‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम भएको छ ।
प्रथम स्थान हासिल गरेका शाहीले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
बाह्रखरी मिडियाद्वारा बिहीबार काठमाडौँमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले लेखक शाहीलाई नगद, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिन् । प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा द्वितीय भएको छ ।कथाका लेखक गुरुङलाई नगद एकलाख, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरियो । इन्द्रप्रसाद गोतामे (जगतजंग) द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तृतीय भएको छ । लेखक गोतामेलाई ६० हजार नगदसहित ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिएको छ ।

चेतनाथ आचार्य, उमेश श्रेष्ठ, शेखर दहित, कृष्णराज सर्वहारी, प्रज्ञा निरौला, सीता पाण्डे,भोगेन्द्र लिङ्देन, हरिबोल काफ्ले, वसन्तबायुङ राई (नाम्दोचा), लक्ष्मण सिटौला, जमुना भट्टराई, अनिता पन्थी, अविनाश भट्टराई, मन्दिरा मधुश्री र अमित घिमिरे रहेका छन् ।
त्यसैगरी, अन्य कथाकारमा टीकाराम पोखरेल, उमा शर्मा, अनिता कोइराला, विष्णु एस राई, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा र डा. हिमलाल श्रेष्ठका कथा परेका थिए । उनीहरूलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिएको थियो। 
यस वर्ष पनि कथा प्रतियोगिताको टाइटल स्पोन्सर डिश होम (डिश मिडिया नेटवर्क लि.)ले गरेको छ भने ‘उत्कृष्ट कथा,२०८२’ को प्रकाशन पार्टनर फाइनप्रिन्ट रहेको छ ।