अन्जनादेवी उपाध्यायको´मांखरसालियाव सोर थाफागोन´कविता कृति विमोचन
नेपाल /अन्जनादेवी उपाध्यायको बोडो भाषाको दोस्रो कविता कृति "मांखरसालियाव सोर थाफागोन” विमोचन गरिएको छ।
आसामको कोक्राझार जिल्ला नराबारी गल्स कलेजमा एक औपचारिक कार्यक्रमका बीच आज १ सय ७ वटा कविता समेटिएको उक्त कृति विमोचन गरिएको हो।
विमोचन कार्यक्रममा मुख्य अथिति प्रवक्ताको रूपमा बोडोलेण्ड विश्वविद्यालयकी प्रवक्ता डाक्टर इन्दिरा बोरो, गर्ल्स कलेजका प्रधानाचार्य सर, उप प्रधानाचार्य मेडम र महाविद्यालयका सबै विभागका विभाग अध्यक्षहरुले कविता कृतिको संयुक्तरूपमा विमोचन गरेका थिए ।
स्मरण होस् उपाध्याय असम सरकारबाट यही डिसेम्बर २४ तारिखका दिन युवा साहित्यकारका रुपमा पुरस्कृत प्रतिभा हुन्।
कार्यक्रममा अध्यापकहरु छात्र छात्राहरुको गरिमामय उपस्थितिमा सम्पन्न भएको समाचार स्रष्टा सेबन्त पोख्रेल परदेशीबाट प्राप्त भएको छ।
ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’को दोस्रो संस्करण प्रकाशित
दिलिप घिमिरे - बुधबार ३० सेप्टेम्बर २०२६
कलाश्री विनोद खनाललाई ‘डक्टरेट अवार्ड’ प्रदान गरिने
दिलिप घिमिरे - शुक्रबार २५ सेप्टेम्बर २०२६
कमल रिजालको ‘दर्शनागार’ कृति सार्वजनिक
दिलिप घिमिरे - बुधबार १६ सेप्टेम्बर २०२६
सताक्षीधाम साहित्य सङ्गम दुधेमा १६१ औँ मोती जयन्ती मनाइयो
दिलिप घिमिरे - शनिबार १२ सेप्टेम्बर २०२६