अभिनवको २८४अौं शृङ्खला सम्पन्न

असोज २५/अभिनव साहित्य समाजको २८४अौं मासिक शृङ्खला कार्यक्रम सम्पन्न भएको छ ।
भैरव स्मृति भवन जोरपाटीमा आयोजित
कार्यक्रममा "अभिनव कमला सङ्घर्षशील नारी पुरस्कार" वितरण तथा अभिनवका उपाध्यक्ष विमल अर्यालद्वारा लिखित " अन्तर्मनका तरङ्ग" कथासङ्ग्रहको विमोचन विशिष्ट व्यक्तित्वहरूबाट सामूहिक रूपमा गरिएको साहित्यकार खोलाघरे साहिलोले जानकारी दिए।
अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको अध्यक्षता र सहकोषाध्यक्ष मेनका पोख्रेल आचार्यको सहजीकरणमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि चर्चित पत्रकार तथा साहित्यकार रोचक घिमिरे हुनुहुन्थ्यो भने विशेष अतिथिमा गोकर्णेश्वर नगरप्रमुख दीपक रिसाल,उपप्रमुख- सान्नानी लामा,उपाध्यक्ष विमल अर्याल लगायत हुनुहुन्थ्यो ।
कार्यक्ममा "कमला सङ्घर्षशील नारी सम्मान २०८२" सिन्धुपाल्चोकका पुराणवाचिका भगिनीद्वय सरस्वती चौंलागाईं "साकम्भरी" र गार्गी चौंलागाईं" साम्भवी"लाई दोसल्ला ,सम्मानपत्र र नगद २५ हजार संयुक्त रूपमा विशिष्ट व्यक्तित्वहरूबाट अर्पण गरियो ।
पुरस्कारको स्थापनाका विषयमा गोविन्द घिमिरे वेदमणिले विमल अर्यालले आफ्नी काकीआमा स्व. कमला अर्यालको नाममा रू ५ लाखको अक्षयकोष राखेर स्थापना गरिएको जानकारी दिए।
कार्यक्रममा विमल अर्यालको कथासङ्ग्रह" अन्तर्मनका तरङ्ग " र अभिनवप्रभाको विजय चालिसे विशेषाङ्कको सामूहिक विमोचन पनि गरियो ।
विमोचित" अन्तरमनको तरङ्ग " माथि महेश्वर खनालले संक्षिप्त चर्चा गर्नुभयो ।
कार्यक्रममा स्रष्टाहरूले साहित्य विधाका कविता ,गजल,गीत,मुक्तक आदि वाचन गरेका थिए ।




