आचार्यका बालकथाको समीक्षात्मक कृति र ढुंगानाको बालकविताको लोकार्पण

दिलिप घिमिरे · कार्तिक २३, २०८२ ७:४० PM
Cover Image for News

 नेपाल बालसाहित्य समाजका अध्यक्ष तथा बाल साहित्य सर्जक विजयराज आचार्यका बालकथाहरुमा आधारित रहेर भारतको कोलकाताका सर्जक अतनुकुमार बसुले तयार पारेको समीक्षात्मक कृति र बालसाहित्य सर्जक उर्मिला ढुंगानाले लेखेको बालकविता संग्रह 'मिठा मिठा तरकारीहरु' शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकाबीच सार्वजनिक गरिएको छ ।

दुवै कृति र कृतिका सर्जकमाथि समीक्षासहित कार्यक्रम सम्पन्न गरिएको हो ।
 'विजयराज आचार्यस् स्टोरिज फर चिल्ड्रेन :अ क्रिटिकल इस्टिमेसन'मा आचार्यका अंग्रेजीमा अनुदित ४० बालकथाका कथा,तीनका पात्र,कथाका सन्देश र मर्मलाई अतनुकमार बसुले बोधगम्य शैलीमा समीक्षा तयार पारेका हुन् ।त्यस्तै  ढुंगानको 'मिठा मिठा तरकारीहरु' साना बालबालिकालाई विभिन्न प्रकारका तरकारीसँग परिचित गराउने हेतुले तयार पारिएको बालकविता संग्रह हो । किताबमा ३३ थरी तरकारीबारे ३३ वटा कविता समावेश छन् ।

फोटो
नेपाल बालसाहित्य समाजका उपाध्यक्ष विजयराज न्यौपानेले दुवै कृतिका लेखकहरुको परिचय गराएका दिए ।
अर्का सर्जक माधव घिमिरे 'अटल'ले विजयराज आचार्यको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्दै विजयराज आचार्य १०० भन्दा बढी बालपुस्तकका लेखक,अनुवादक,सम्पादकका साथै नेपाली बालासाहित्यको फ्याक्ट्री' भएको बताए । 

'मिठा मिठा तरकारी'बारे समीक्षात्मक टिप्पणी गर्दै नेपाल बालसाहित्य समाजका महासचिव डा.विष्णु केसीले उक्त किताबले बालबालिकालाई सधैं खाइरहने तरकारीबारे चिनाउने बताए । 

कार्यक्रमकी सभापति सर्जक सिर्जना शर्माले युद्ध र बालबालिका सम्बन्धी बहसले मानवता र शान्तिप्रतिको सोचलाई मजबुत बनाउने बताउनुभयाे। 

आचार्यको कृति महेश पौड्यालले सम्पादन गर्नुभएकाे हाे भने विवेक सिर्जनशील प्रकाशनले छापेको हो। ढुंगानाको ‘मिठा मिठा तरकारीहरु’मा प्रज्ज्वल थापा मगरका चित्रहरू र अनुष्का सुवेदीको प्रकाशन रहेको छ। 
दुवै कृतिको मूल्य ३५० रुपैयाँ तोकिएको छ। कार्यक्रमको सञ्चालन कवि भैरवी भूगोलले गर्नुभएकाे थियाे।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
राजधानीमा‘शान्ति कविता गोष्ठी’ सम्पन्न
राजधानीमा‘शान्ति कविता गोष्ठी’ सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार २३ जनवरी २०२६
साहित्यकार लेकाली सम्मानित
साहित्यकार लेकाली सम्मानित
खगिन्द्रा खुसी - शुक्रबार २३ जनवरी २०२६
सापकोटाको ‘यात्राको लय’ लोकार्पण
सापकोटाको ‘यात्राको लय’ लोकार्पण
दिलिप घिमिरे - बुधबार २१ जनवरी २०२६