विराट साहित्य सङ्गमको २३२ ओैं श्रृङखला सम्पन्न
मंसिर २७, झापा । विराट साहित्य सङ्गम विराटनगरको २३२ ओैं श्रृङखला सम्पन्न भएको छ । मासिक रुपमा सम्पन्न हुँदै आएको सो कार्यक्रममा ४० जना भन्दा बढी स्रष्टाहरुले रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरुमध्येबाट गोला प्रथाद्वारा स्रष्टा प्रयाग न्यौपानेलाई सम्मान गरिएको छ । सङ्गमको यसरी नै उपस्थित कवि साहित्यकारहरू मध्येबाट रचना वाचन गरे बापत प्रत्येक श्रृङखलामा एक जना स्रष्टालाई नगद १०००/- सहित माया चिनोले गोला प्रथाद्वारा सम्मान गर्ने प्रचलन छ । बरिस्ठ गजलकार मघु पोखरेलको अध्यक्षता र नरेन्द्र चापागाईं प्रतिष्ठानकी संरक्षक सरला चापागाईंको प्रमुख आथित्यमा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको सभा हल, विराटनगरमा सम्पन्न सो कार्यक्रममा विराटनगरका स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियो
ट्यागहरू:
सहित्य
literature
svikarokti
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
बिर्तामोडमा ‘शिक्षाका पारसमणि: गुरुभक्त सर’ स्मृतिग्रन्थ लोकार्पण
दिलिप घिमिरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
हरितालिका तीज महोत्सव तथा 'हाम्रो गौरव अवार्ड २०२६' को नयाँ दिल्लीमा आयोजना गरिने
दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
नेपाली साहित्य क्लब औपचारिक घोषणा तथा शुभारम्भ विज्ञप्ति
दिलिप घिमिरे - बुधबार २ सेप्टेम्बर २०२६
१९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विराटनगरमा साहित्यकार तथा समालोचक स्व. दधिराज सुवेदीलाई विशेष कार्यक्रम सम्पन्न गरी सम्झियो
Khagendra Khushi - बुधबार २ सेप्टेम्बर २०२६