‘विनु’को लघुकथासङ्ग्रह ‘भेटी’ सार्वजनिक

खगिन्द्रा खुसी · मंसिर २, २०८२ ८:०८ PM
Cover Image for News

झापा मङ्सिर १ गते । स्रष्टा विष्णु पन्थी ‘विनु’को पहिलो लघुकथासङ्ग्रह ‘भेटी’  सार्वजनिक गरिएको  । ४० वटा लघुकथा समावेश  उक्त लघुकथासङ्ग्रह लघुुकथा मञ्चका संरक्षक डा. विदुुर चालिसे, संस्थापक अध्यक्ष घनश्याम ढल्लाकोटी र लेखक स्वयम्ले उक्त सङ्ग्रहको लोकार्पण गर्नुभएको हो । 

नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित सङ्ग्रहले सामाजिक परिवेशको जाली परम्परा, राजनीतिक विकृति, चाडबाड, पारिवारिक जीवनशैली, समाजमा विद्यमान विकृति, विसङ्गति, पीडा, वेदनालगायतका कुरालाई तिखो व्यङ्ग्यमा कथाको विषयवस्तु रहेको लेखक पन्थीले बताउनुभयो ।

पारिवारिक सामाजिक धर्मको परिपालनमा आधारित व्यक्तित्व विकास, धार्मिक आचरणसँगै सुधार र तिनै समस्यामा जोडिएका कुरा लघुकथासङ्ग्रहमा रहेको र विशेष गरी समाजमा देखिएका कतिपय सामाजिक व्यक्तित्वहरू नितान्त व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै घृणित कार्य गर्न पनि पछि नहट्ने, नाम र दामका लागि स्वाभिमान गुमेको पत्तै नपाउने समाजका केही मानवीय चरित्रप्रति लक्षित गरिएको पन्थीको भनाइ छ ।

ट्यागहरू:
सहित्य literature samachar sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।