‘उर्जाशील साहित्य कला प्रतिष्ठान’ विर्तामोडद्वारा ‘झ्याउरे रचना वाचन’ कार्यक्रम सम्पन्न
लेखक:खगिन्द्रा खुसी·प्रकाशन मिति: फागुन २३, २०८२ ५:५२ PM
झापा, फागुन २३ . आज ‘उर्जाशील साहित्य कला प्रतिष्ठान’ विर्तामोडको आयोजनामा ‘झ्याउरे रचना वाचन’ कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष डिपि शर्माको अध्यक्षता तथा झ्याउरे कविता लेखन पुनर्जागरणकी अभियन्ता रेणु भट्टराई ‘मञ्जरी’को विशेष उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष गोपालप्रसाद दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव देवीचरण भण्डारीले सन्चालन गर्नुभएको थियो । फोटोझ्याउरे कविता लेखन अभियानबारे रेणु भट्टराई ‘मञ्जरी’ले कुरा राखेपछि सुरु भएको गोष्ठीमा मातृकाप्रसाद सङ्ग्रौला, झाँक्रीखोले, भगवती ढुङ्गेल, हरिप्रसाद रिमाल, टीका भट्टराई नेपाल, गोपाल दाहाल, जमुना खरेल, तुलसीप्रसाद भट्टराई, रेजिना रोदन, देवीचरण भण्डारी, डिपि शर्माले झ्याउरे लयमा कविता वाचन गर्नुभए को थियो । फोटोकार्यक्रममा केशव आचार्य, प्रेमप्रकाश फलाहारी, पुण्यप्रसाद खरेल, कृष्ण सुवेदी ‘निराकार’ले कार्यक्रमबारे तथा झ्याउरे कविता लेखन अभियानबारे केही भनाइ राख्तै शुभकामना मन्तव्य राख्नुभयो । सहप्राध्यापक लीलाप्रसाद अधिकारीले वाचित कविताहरुको टिप्पणी गर्नुभएको थियो भने कार्यक्रमबारे केही शब्द राखेर उपस्थित सबैप्रति आभार व्यक्त गर्दै अध्यक्ष डिपि शर्माले कार्यक्रम समापन गर्नुभएको समाचार साहित्यकार पुण्य खरेल बाट प्राप्त भएको छ ।
ट्यागहरू:
news
puraskar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।