देवेन्द्र गौतम पत्रकारिता पुरस्कार किशोर श्रेष्ठलाई

खगिन्द्रा खुसी · पौष २, २०८२ ८:२१ AM
Cover Image for News

       यस वर्षको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिने भएको छ । स्व. गौतमको स्मृति दिवसमा प्रदान गरिँदै आएको सो पुरस्कार यसअघि स्व.गौतमको स्मृति दिवसमा प्रदान गरिँदै आएकोमा अवदेखि प्रत्येक वर्ष फेब्रुवरी १३ अर्थात् स्व.गौतमको जन्मजयन्तीको दिन प्रदान गर्ने निर्णय गरिएको छ । करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा स्व. गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा यो परम्परामा परिवर्तन गरिएको हो । अध्यक्षले मन्तव्यको क्रममा “स्मृति दिवसभन्दा जीवन र योगदानलाई उत्सवका रूपमा सम्झनु उचित ठानेका छौँ । गौतमले अँगाल्नुभएको मूल्य र पत्रकारिताको भावना जीवित रहोस् भन्ने उद्देश्यले यस पटकदेखि उक्त पुरस्कार जन्मजयन्तीका दिन प्रदान गरिने छ,”

यसै गरी करेन्ट पब्लिकेसनमा ३५ वर्षभन्दा बढी समयदेखि निरन्तर योगदान पु¥याउँदै आउनुभएका प्राविधिक हरिबहादुर थापामगरलाई पनि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिने छ । सम्मानपत्रसहित यो पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको छ । 

यस्तै चाइना न्युज सर्भिसका वरिष्ठ पत्रकार झाङ छनयी (चीन) लाई नेपाल–चीन सञ्चार र अन्तर्राष्ट्रिय पत्रकारितामा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०२६ प्रदान गरिने छ । सम्मानपत्रसहित यो पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको छ । 

   

 

ट्यागहरू:
सहित्य samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।