दोस्ताजको ‘एकदिन मानिसहरू फर्कन्छन्’ कविता कृति विमोचन

दिलिप घिमिरे · माघ ७, २०८२ ८:५० PM
Cover Image for News

झापा ६ माघ/कवि दोस्ताज महेशको ‘एकदिन मानिसहरू फर्कन्छन्’ कविता सङ्ग्रह विमोचन गरिएको छ । 

 सोमबार काठमाडौंको सर्वनाम थिएटरमा ४८ वटा कविता संग्रहित कविता विमोचन गरिएको हो ।  
 एकदिन मननिसहरू फर्कनेछन् कविता संग्रह सेलर नेपाल इन्फोटेकले बजारमा ल्याएको हो । दोस्ताजको यो पहिलो कविता संग्रह हो।कवि श्रवण मुकारुङ,ज्योति जंगल र बाबु त्रिपाठीले कविता सङ्ग्रहको विमोचन गरेका थिए ।

फोटो
कार्यक्रममा कवि श्रवण मुकारुङ,ज्योति जंगल र कृतिकार दोस्ताजबीच ‘एकदिन मानिसहरू फर्कन्छन्’ कविता कृतिमा केन्द्रीय रहेर चर्चा गरिएको थियो।स्रष्टा बाबु त्रिपाठीले कार्यक्रमको सहजीकरण गरेका थिए । 

कार्यक्रममा कवि राजु झल्लु प्रसाद र स्वीकृति शर्माले दोस्ताजका कविताहरू वाचन गरेका थिए । 
स्वीकृति शर्माले दोस्ताजको ‘कविता हराएकी केटी’ र राजु झल्लुले ‘म ह्यङओभरमा थिएँ’ कविता वाचन गरेका थिए ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।