दमकमा साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न

दिलिप घिमिरे · चैत २२, २०८२ ८:४० AM
Cover Image for News

झापा २२ चैत्र /विश्व भूटानी साहित्यिक संगठन (GBLO)  र सुरभि कला केन्द्र दमकको संयुक्त आयोजनामा शनिबार साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम कला केन्द्रका गुरु अनिल फागोको अध्यक्षता र साहित्यकार,समालोचक प्राडा गोबिन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।प्राडा भट्टराई´भाषा,साहित्य,कला, संस्कृति र परम्पराको संरक्षण र संवर्धनमा विश्व भूटानी साहित्यिक संगठन संगठन र भूटानी समुदाय उदाहरणीय बनेको बताए।´

फोटो
सुरभि कला केन्द्रको प्राङ्गणमा आयोजित कार्यक्रममा प्राडा गंगाराम अधिकारीको विशेष उपस्थिति रहेको थियोे।´अधिकारीले ८३ सालमा झापाको साहित्य इतिहासमा भूटानी  साहित्यकारहरुको उपस्थिति विषयमा खोजमुलक कृतिको तयारीमा आफू रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO)का अध्यक्ष पातलो अन्तरेले शुभकामना मन्तव्य क्रममा जिबिएलओको गतिविधि सहित कविता वाचन गरेका थिए ।

कार्यक्रममा आख्यानकार ज्ञानु बुढाथोकी,स्रष्टाहरु शेखर कोइराला,भूपेन्द्र तिम्सिना,रश्मि असफल,हरि पराजुली, दिल भूटानी,`मेरो कविता : द रिदम अफ पोयट्री’ सिजन-१ टप सातमा परेका कवि अबिलाल राई लगायतका स्रष्टाहरूले सृजना वाचन गरेका थिए भने प्रशान्त न्यौपाने,दिपिका चम्लागाईं, संकल्प राई,आशिष नेपाली लगायतले उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका थिए।
फोटो
सुरभि कला केन्द्रकी विद्यार्थी दिक्षिता मिश्रले स्वागत गीतबाट स्वगत गरेकी थिइन् भने विश्व भूटानी साहित्यिक संगठन(GBLO)का कोषाध्यक्ष शेखर कोइरालाले शब्दबाट स्वागत गरेका थिए ।
कार्यक्रमको सञ्चालन साहित्यकार खगिन्द्रा खुशी गरेकी थिइन् ।

कार्यक्रमका अध्यक्ष कला केन्द्रका गुरु गायक तथा संगीतकार अनिल फागोले आफ्नो प्रस्तुति सहित कार्यक्रमको विसर्जन गरेका थिए ।
फोटा

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।