दमक प्रज्ञा प्रतिष्ठान प्राडा.गोपाल भण्डारीको अध्यक्षतामा गठन

दिलिप घिमिरे · माघ २१, २०८२ ७:३३ PM
Cover Image for News

झापा २० माघ/दमक नगरपालिकामा प्रज्ञा प्रतिष्ठान परिषद् गठन गरिएको छ। 

 दमक नगरपालिकाको दमक प्रज्ञा–प्रतिष्ठान ऐन २०७७ को दफा ७ बमोजिम परिषद् गठन गरिएको हो। गठन भएको परिषद्को अध्यक्षमा डा.गोपाल भण्डारी र उपाध्यक्षमा डा. अञ्जना शर्मा भट्टराई चयन हुनुभएको छ। यस्तै सचिवको जिम्मेवारी जयबहादुर श्रेष्ठलाई दिइएको छ। कार्यसमिति सदस्यहरूमा विन्दु दाहाल `मुकदर्शक´,कमला खनाल, धनकुटा–कान्छा,धनञ्जय बाँस्कोटा, राधिका ओझा र भूमिप्रसाद दाहाल रहनुभएको छ।

फोटो
परिषद् सदस्यका रूपमा कृष्णा घिमाल, मेघराज तिम्सिना ,विष्णु नेउपाने, डिकेश लामा, प्रकाश बुढाथोकी,भेषराज नेउपाने,दुर्गा काफ्ले, टेजनाथ भण्डारी,जीवन गुरुङ,टंक पाठक,बाला भण्डारी,मनकुमार गदाल र मिना विश्वकर्मा चयन हुनुभएको छ।मंगलबार एक कार्यक्रमका बीच दमक नगरपालिकाले नियुक्ति गरेकाे प्रतिष्ठानका अध्यक्ष भण्डारीसहित कार्य समिति र परिषद् सदस्यहरुको सपथ ग्रहण गराएको छ।
दमक नगरपालिकाले साहित्य,कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रज्ञा प्रतिष्ठान परिषद् गठन गरिएको जनाएको छ।

ट्यागहरू:
साहित्य #गीत संगीत #संस्कृति #परम्परा #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।