त्रिचालिसौँ मानव पुस्तक तथा रचनावचान र शुभकामना कार्यक्रम भव्यतापूर्वक सम्पन्न

खगिन्द्रा खुसी · पौष १२, २०८२ ६:५५ PM
Cover Image for News

 २०८२ पौष १२ गते नवपुस्तकालय सुकेधाराको सभाकक्षमा त्रिचालिसौँ मानव पुस्तक तथा रचनावचान र शुभकामना कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम मुक्तिनाथ दर्शन साहित्य समाजका सर्वपक्षीय संस्थापक अध्यक्ष अध्यात्म चिन्तक तथा कवि अनि मानवपुस्तकका परिकल्पनाकारद्वय-हरिभक्त सिग्देल र विष्णुप्रसाद पन्तमध्ये हरिभक्त सिग्देलको सभापतित्व तथा पूर्व न्यायाधीश शेषराज शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  कवि/साहित्यकार दिव्य गिरिको विशिष्ट आतिथ्य तथा कवि/गजलकार सुशीला धमलाको सटिक उद्घोषण रहेको उक्त कार्यक्रममा वरिष्ठ युरोलोजिष्ट प्रा.डा अर्जुनदेव भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो ।

kalanidhi.jpg 394.75 KB
 दुई सत्रमा सम्पन्न भएको उक्त कार्यक्रममा मानवपुस्तकीय व्यक्तित्वद्वयका विचारोत्तेक विचारहरू लगातार दुई घन्टासम्म प्रस्तुत भएका थिए भने दोस्रो सत्रमा थरेन्द्र बराल, रामचन्द्र खनाल, गान्धीराज काफ्ले, कृष्णप्रसाद बस्याल, विजयध्वज थापा, महेश रिजाल, पुरुषोत्तम दाहाल, ध्रुवराज थापा, शशीश्री आचार्य, निर्मला दाहाल, मेनुका आचार्य, निर्मलरमण पराजुली, व्यास कवि युवराज भण्डारी, कलानिधि दाहाल, लगायतले शुभकामना र रचनावाचन गर्नुभएको थियो ।  सभापतिको आसनबाट मन्तव्यसहित हरिभक्त सिग्देलले विसर्जन गरेको समाचार स्रष्टा कलानिधि दाहालबाट प्राप्त भएको छ । 

ट्यागहरू:
सहित्य samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।