टुक्का साहित्य समाजद्वारा एकैदिन दुई कृति लोकार्पण
राजधानीमा गत फागुन ०२ गते शनिवार कृति लोकार्पण भएको छ । पुतलीसडकस्थित ग्रिनलिफ फुडल्याण्डमा भएको लोकार्पण समाराेहमा कवि प्रमोद नेपालको चाैथाे कृति 'रश्मीपुञ्ज'का साथै भारत-नेपालका छत्तीसजना नारी स्रष्टाको संयुक्त सङ्ग्रह 'नारी टुक्का कविता' र भारतका टुक्काकार रतन पाण्डे पारतन'काे कृति 'टुक्काकाे मुक्का' लोकार्पण गरिएको हो । टुक्का साहित्य समाजका काेषाध्यक्ष हाेमप्रसाद नेउपानेको सभापतित्व रहेको कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बाबा बस्नेत र विशेष अतिथिहरू साहित्यकारद्वय रामप्रसाद पन्त र किरण आचार्य रहेका थिए । भारतकी साहित्यकार हन्नाह क्षेत्री पनि विशेष अतिथिका रूपमा थिइन् । कार्यक्रम टुक्का साहित्य समाजका सचिव चुडा निर्भिकले सञ्चालन गरेका थिए ।
साे अवसरमा कृतिकार प्रमाेद नेपाल तथा साहित्यकार हन्नाह क्षेत्रीलाई सम्मान समेत गरिएकाे थियाे ।