सुसेली साहित्यिक परिवारको साहित्य गोष्ठी सम्पन्न

दिलिप घिमिरे · चैत ७, २०८२ ८:०८ PM
Cover Image for News

झापा ७ चैत्र /सुसेली साहित्यिक परिवारले साहित्य गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ।

 परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा विशेषगरी मोरङ र सुनसरीका स्रष्टाहरु प्राडा.भीम खतिवडा,केशु विरही,छवि वैरागी घिमिरे,नवराज पोखरेल नवशीला, चिरञ्जीवी काफ्ले,शारदा दाहाल भण्डारी, विष्णु भण्डारी आचार्य तथा मनोज कार्कीसँग साहित्यिक भेटघाटमा सृजना वाचन गरिएको छ।

चैत्र महिनाको पहिलो शनिबार,मौसमको भविष्यवाणीको त्रासको कारण कार्यक्रममा अपेक्षाकृत स्रष्टाहरूको उपस्थिति नभए पनि कार्यक्रम प्रभावकारी भएको आयोजकले जानकारी दिएको छ।
 इलामेली साहित्यकार शिव अधिकारी ´इलामे जेठो`ले यस सुसेली  साहित्यिक परिवारमा उहाँकी कीर्तिशेष श्रीमती विष्णुदेवीका नामबाट विष्णुदेवी अधिकारी स्मृति छात्रवृत्ति पुरस्कार स्थापनाका लागि अक्षयकोषमा नगद रु १ लाख ११ हजार एकसय एघार रुपैयाँ अध्यक्षका हातमा प्रदान गरेका थिए।

फोटो
कार्यक्रममा इलामेली कवि शिव अधिकारी ,कृष्णप्रकाश सुमार्गीको आतिथ्यमा छोटो भेटघाट र प्राडा.भीम खतिवडा तथा कोशी साहित्य कला परिषदका अध्यक्ष केशु विरहीबाट यो साहित्यिक अभियानबारेको  छोटो जानकारी गराइएको थियोे। 

गोष्ठीमा स्रष्टाहरु शिव अधिकारी,कृष्णप्रकाश सुमार्गी,भूवन सुब्बा,स्नेहा खड्का,तोयालाल दाहाल,प्रज्ञा भण्डारी,ज्ञानेन्द्र ढुङ्गाना,केन्द्रप्रसाद भट्टराई,मदन अधिकारी,पुण्यप्रसाद खरेलले रचना वाचन गरेका थिए । 

उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले स्वागत सहसचिव मदन अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा साहित्यकार सुभद्रा भट्टराई,कल्पना ओली,दमयन्ती गिरी,दुर्गा अधिकारी भेटवाल, नमुना निरौला दाहाल समेतको उपस्थिति रहेको थियो । 

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।