श्रीश भण्डारीको‘समय सूत्र’ सार्वजनिक

खगिन्द्रा खुसी · माघ २२, २०८२ ५:४१ PM
Cover Image for News

झापा, माघ २० गते । राजधानीमा श्रीश भण्डारीको कृति ‘समय सूत्र’को लोकार्पण भएको छ । वैदिक तथा वैज्ञानिक पक्षबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’ काठमाडौँमा आयोजित एक समारोहबिच सार्वजनिक गरिएको हो । 

लेखक तथा सम्पादक श्रीश भण्डारीको उक्त पुस्तक भौतिकशास्त्रका विद्वान् प्राडा उदयराज खनाल, पूर्वीय दर्शनका ज्ञाता प्रा.डा आमोदवर्धन कौण्डिन्यायन, वरिष्ठ चित्रकार एवं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय, वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, पत्रकार टीकाराम यात्री, इटर्नल पब्लिकेसन प्रालिकी प्रबन्ध निर्देशक यमुना पराजुली अधिकारी र लेखक भण्डारीलगायत समारोहमा उपस्थित सबैले एकसाथ सार्वजनिक गर्नुभएको हो । 

पुस्तकमा समयको भौतिक, अनुभवजन्य, जैविक र मनोवैज्ञानिक आयामबारे वैज्ञानिक र दार्शनिक चिन्तनसहितको चर्चा छ । यसमा समयको सार्थकता, वर्तमानको मूल्य, समयको अनिकाल, समय मापन र जीवन व्यवस्थापन जस्ता विषयवस्तु समावेश छन् । समारोहमा समयबारे प्राज्ञिक व्यक्तिहरू र लेखकबिच समय–संवाद गरिएको थियो । इटर्नल पब्लिकेसन प्रालिले सार्वजनिक गरेको यो किताब २६४ पृष्ठको छ । पाँच सय रुपियाँ मूल्य रहेको यो पुस्तक शनिबारदेखि नै बजारमा उपलब्ध छ । 

ट्यागहरू:
literature sahitya svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।