शिक्षा विज्ञान् तथा प्रविधि मन्त्री महावीर पुन सम्मानित
राजधानीमा शिक्षा विज्ञान् तथा प्रविधि मन्त्री महावीर पुनलाई सम्मान गरिएको छ । पुनलाई दिवङ्गत मनोचिकित्सक डा. सुदीप अर्यालको स्मृतिमा स्थापित, ‘डा. सुदीप अर्याल स्मृति सामाजिक रूपान्तरण पुरस्कार २०८१’ बाट सम्मान गरिएको हो । रु १, ११, १११ नगद राशिसहितको सो पुरस्कार सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच वैज्ञानिक पुनलाई प्रदान गरिएको हो । आफ्नो विशेषज्ञताको क्षेत्र विशुद्ध प्राविधिक स्वरूपको भएर पनि साहित्य, सङ्गीत, कला, खेलकुद, कानून, व्यावसायिकताको नमूना, वैज्ञानिक आविष्कारजस्ता अन्य लोकप्रिय माध्यमको प्रयोग गरी नेपाली समाजको रूपान्तरण गर्न विशिष्ट योगदान पुर्याउने प्राविधिक प्रकृतिका स्रष्टालाई प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक दुई–दुई वर्षमा प्रदान गर्ने गरी उक्त पुरस्कारको स्थापना गरिएको जानकारी संस्थाकी सचिव स्रष्टा भवानी खतिवडाले जानकारी दिनुभयो । 