स्याङ्जामा स्रष्टा हिमलाल पुरीको कवितासंग्रह ‘आक्रोश’को विमोचन

खगिन्द्रा खुसी · पौष २१, २०८२ ११:१२ AM
Cover Image for News

झापा, पुस २१ गते ।  स्याङ्जामा स्रष्टा हिमलाल पुरीको कवितासंग्रह ‘आक्रोश’को विमोचन भएको छ । आनन्दआश्रम ज्ञान केन्द्रले नियमित रुपमा सम्पन्न गर्दै आएको कार्यक्रमको ३५ औँ अध्याय अन्तर्गत सम्पन्न कार्यक्रममा सो पुस्तक विमोचन गरिएको हो । आँधीखोला गाउँपालिका– ६ फापरथुम स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी र पुस्तक विमोचन नाम दिएको सो कार्यक्रममा वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीले उक्त कविता सङ्ग्रहो विमोचन गर्नुभएको हो । 

अधिकारीले आनन्दआश्रममा गरिने साहित्यिक गतिविधिले ग्रामीण क्षेत्रमा साहित्यिक जागरण ल्याएको बताउनुभयो । पुस्तकको समीक्षा अग्रज कवि चिन्तु गिरीले गर्नुभएको थियो । यस्तै कार्यक्रममा पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले प्रदान गर्ने उत्कृष्ट छात्रा र छात्र पुरस्कारको लागि विद्यार्थीहरूका बीचमा आँधीखोला शीर्षकमा कविता लेखन तथा वाचन समेत गरिएको थियो ।

मूल्याङ्कनमा पूर्णामृत भवानी मावि वालिङ्की छात्रा स्मारिका अर्याल र प्रद्युम्नपनेरु मावि रङ्गेठाँटीका छात्र सम्पन्न पोखरेल उत्कृष्ट ठहरिनु भएको थियो । उहाँहरुलाई २०८२ माघ २४ गते काठमाडौँमा पुरस्कार तथा सम्मान प्रदान गरिने छ ।

कार्यक्रममा हिमलाल पुरी, चिन्तुगिरी, हिमालयजंग बानिया, राजेन्द्र श्रेष्ठ, नारायण लमसाल, देशबन्धु आचार्य, श्यामप्रसाद ढुङ्गाना, त्रिलोचन ढकाल, दोलराज ढकाल, खेमनारायण लामिछाने लगायतले रचना प्रस्तुत गर्नुभएको थियो । 

 

ट्यागहरू:
सहित्य literature samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।