स्वीकारोक्ति फाउन्डेशनको मार्गदर्शन कार्यशाला तथा अन्तरक्रियात्मक सत्र सम्पन्न
स्वीकारोक्ति फाउन्डेशनद्वारा पहिलो सिजन मार्गदर्शन कार्यशाला तथा अन्तरक्रियात्मक सत्र सफलतापूर्वक सम्पन्न !
स्वीकारोक्ति फाउन्डेशनद्वारा आज आयोजित विशेष कार्यक्रममा स्वीकारोक्ति मार्गदर्शन कार्यशाला तथा तालिम सत्र साथै अन्तरक्रियात्मक स्वीकारोक्ति सिजन सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमले फाउन्डेशनको यात्रामा एक महत्वपूर्ण उपलब्धि थपेको छ।
कार्यक्रमको विशेष अवसरमा कर्ण गुरुङ, आवाश रेखाम, पातलो अन्तरे सुसन माझी र जय बन्तावा लाई औपचारिक रूपमा स्वीकारोक्ति दर्शन मार्गदर्शक (Mentor) का रूपमा प्रमाणपत्र प्रदान गर्दै घोषणा गरिएको थियो। उनीहरूको नियुक्तिले स्वीकारोक्ति अभियानलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
सत्रका क्रममा मार्गदर्शकहरू तथा दार्शनिकहरूले आफ्नो जीवनमा स्वीकारोक्ति दर्शनले ल्याएको परिवर्तन, अनुभव र ज्ञान सहभागीहरूसँग साझा गरेका थिए । सहभागीहरूले उठाएका जिज्ञासा तथा प्रश्नहरूको उत्तर प्रमुख मार्गदर्शक डेन्जोम राई ले दिनुभएको थियो। उहाँले आफ्ना अनुभव, संरचनात्मक ढाँचा (formats) र व्यवहारिक मार्गदर्शन प्रस्तुत गर्दै सत्रलाई थप प्रभावकारी बनाउनु भयो ।
यस कार्यक्रमले सहभागीहरूलाई स्वीकारोक्ति दर्शनलाई आत्मसाथ गर्दै आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा लागू गर्न प्रेरित गरेको छ।