साधुटारमा त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव सम्पन्न
झापा ३० फागुन/झापाको अर्जुनधारा-१ साधुटारस्थित श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव सम्पन्न गरिएको छ ।
झापा जिल्लामा हुने साहित्यिक गतिविधि तथा धार्मिक तथा पर्यटकीय स्थल साधुटारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यले तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सवको आयोजना गरिएको श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालाका आचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।
यहि फागुन २८ गते बिहान योग शिविरबाट महोत्सव उद्घाटन गरिएको थियो।वृहत् त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सवमा भारतका आसाम,डुवर्स दार्जिलिङ,सिक्किम सहित नेपालका विभिन्न स्थानबाट आएका साहित्यकार,शिक्षाविद् ,सामाजिक तथा धार्मिक पाहुनाहरुलाई दिउसो चुरे क्षेत्र तथा मदन भण्डारी लोकमार्गको अवलोकन गराइएको थियोे ।

दिउँसो विद्वत सभा अन्तरगत ´शंकराचार्य परम्परा र पूर्वीय दर्शन´ विषयक कार्यपत्र प्राडा नारायणप्रसाद गड्तौलाले प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिनिधि रचना वाचन र स्रष्टा खगिन्द्रा खुसीको उपन्यास `खुसीको गाउँ´माथि विमर्श गरिएको थियोे।कृति विमर्शमा साहित्यकार विवश बलिभद्र कोइराला, साहित्यकार अभागी थेगुवा,कृतिकार खगिन्द्रा खुसी र पाठक याम भण्डारी रहेका थिए ।
भारतका जुनियर अनुप जलौटा नामले परिचित रमेश प्रजापतिले भजन गायकले भजनहरु गाएर साँझलाई सुमधुर बनाएका थिए ।

त्यस्तै कार्यक्रममा डा.कर्णाखर खतिवडाले ´आरोग्य पर्यटन´विषय र प्राडा देवी नेपालले ´नेपालमा शास्त्रीय छन्दको परम्परा र प्रयोग` विषयमा सम्भाषणको प्रस्तुत गरेका थिए ।
यस सत्रको अध्यक्षता लक्ष्मीप्रसाद खतिवडाले गरेका थिए भने प्राडा.नारायणप्रसाद गड्तौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन साहित्यकार विवश बलिभद्र कोइरालाले गरेका थिए । 
कार्यक्रममा भारतीय नेपाली साहित्यकारहरु भवानी अधिकारी तथा विनोद खनाललाई सम्मान पत्र तथा खादा ओडाएर सम्मान गरिएको थियो
कार्यक्रममा प्राज्ञ मुनाराज सेर्मा,मनु मञ्जिल,कुमार भट्टराई,पुण्यप्रसाद खरेल,भवानी क्षेत्री,भारतका डा.शुकराज दियाली,सीतादेवी क्षेत्री,लुइस विष्ट,मोहन गौतम ,भुवन लुईंटेल,अजय खड्का,सुमित्रा अविरल,अजम प्रधान,कृष्णप्रसाद ठटाल,पिनाकी कोइराला,केशु विरही,गणेश निरौला,जय भण्डारी,टङ्क काफ्ले, लीलाप्रसाद अधिकारी,कृष्ण सुवेदी ‘निराकार’, देवीचरण भण्डारी, चित्रा पौडेल, दुर्गा अधिकारी भेटवाल,मदन अधिकारी,गोविन्द पौडेल, दीपक सुवेदी, पुण्य बराल, शिवकुमार पौडेल,शान्ता उप्रेती,भवानी गौतम, देवीभक्त श्रेष्ठलगायत नेपाल र भारतका सयौं स्रष्टा साहित्यकारहरुको उपस्थिति रहेको थियोे ।