लेखक:खगिन्द्रा खुसी·प्रकाशन मिति: कार्तिक ३०, २०८२ ८:३६ PM
२९ कार्तिक झापा, सगरमाथा साहित्य प्रतिष्ठान सुदूरपश्चिम शाखाद्वारा आयोजित रचना वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । प्रदेश शाखाका अध्यक्ष खिमानन्द बडूज्यूको अध्यक्षता तथा गुगुल्डि वाङ्मय प्रतिष्ठान कञ्चनपुरका अध्यक्ष वीर बहादुर चन्द विश्रामज्यूको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सुदूरपश्चिमका चार दर्जन जति साहित्यकारहरूको उपस्थिति रहेको थियो । सरगमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय महासचिव रोहित कुवँरज्यूले नव गठित कमिटीलाई बधाई ज्ञापन गरेपछि रचना वाचनको कार्यक्रम सुरु भएको थियो ।फोटो सार्क एजुकेशन फाउण्डेसनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा मानस खण्ड संविधान सभा सदस्य मा. आनन्दी पन्त, फाउण्डेसनका अध्यक्ष नारा जोशी, साहित्यकार कृष्ण दत्त चटौत कान्त, प्रलेस केन्द्रीय सदस्य रमेश पन्त मीतबन्धुले विशिष्ट आतिथ्यता ग्रहण गरेका थिए । प्रदेशका सचिव बिरेन्द्र चन्दले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यकार कल्यान ओझा, हेमबाबु लेखक, प्रजापती नेगी, पूर्ण मल्ल, लख्खु सिंह, गंगा प्रसाद रिजाल, नवराज भट्ट, तुलसी प्रसाद पण्डित, लछिधन अधिकारी, अम्बादत्त जोशी, नारायण लम्साल, मधु हमाल, सत्यराज जोशी, सन्दिप समर्पण, बबिता कार्की, गंगा विष्ट, चाँदनी विष्ट, काँजल न्यौपाने, हिरा भट्ट जोशी, सन्तोष भट्ट, योगेश भट्ट, दिनेश ओझा, प्रकाश भट्ट, निर्मला पन्त, पूजा धामी, लगायतका साहित्यकारहरूको उपस्थिति रहेको कुरा स्रष्टा कविराज भट्ट विलौनाले जानकारी दिनु भएको छ ।
ट्यागहरू:
सहित्य
literature
samachar
puraskar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।