सरोवरको ५१औँ शृङ्खलामा सम्पन्न रमेश शुभेच्छु सम्मानित

दिलिप घिमिरे · फागुन ११, २०८२ ७:१५ AM
Cover Image for News

झापा ११ फागुन/चन्द्रागिरी साहित्य सरोवर काठमाडौँले मुनाल क्लबको हलमा नियमित रचनावाचनको ५१औँ शृङ्खला शनिबार सम्पन्न गरेको छ । 
संस्थाका अध्यक्ष गोपीचन्द्र कार्कीको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. रमेश शुभेच्छु थिए । 
कार्यक्रमका आरम्भमै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्यसहित सभाध्यक्ष गोपीचन्द्र कार्कीले आफ्नो रचना प्रस्तुत गरे। 
कार्यक्रममा हरिशरण आचार्य,जगन्नाथ तिमल्सिना, खगेन्द्र दाहाल,भोला चालिसे,लक्ष्मणप्रसाद बस्याल, काशीराज सुवेदी,कृष्णबहादुर बस्नेत,सरिता पराजुली, तुलसीराम भण्डारी,राजु महतलगायत कविहरुले समसामयिक कविता वाचन गरेका थिए। 

कार्यक्रममा प्रमुख अतिथि शुभेच्छुलाई सभाध्यक्ष कार्की लगायतले सम्मान हस्तान्तरण गरेका थिए।
प्रमुख अतिथिको हैसियतमा बोल्दै शुभेच्छुले आफूलाई प्रदान गरिएको सम्मानप्रति कृतज्ञता व्यक्त गरे। सम्मानपत्रमा उल्लिखित शब्दको गरिमा धान्न सक्ने गरी कर्म गर्ने प्रतिबद्धता जनाउँदै वाचित रचनामाथि समीक्षात्मक टिप्पणी समेत गरेका थिए।´कविताहरू लयगत रूपमा शास्त्रीय,लोक तथा मुक्त लयढाँचामा संरचित छन् । विचारगत रूपमा तिनमा विविध भावधारा समेटिएको पाइएको छ।´शुभेच्छुले टिप्पणी गरे। 

कार्यक्रमलाई काशीराज सुवेदीले रमाइलो गरी सहजीकरण गरेका थिए भने अध्यक्ष कार्कीले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेका थिए।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।