स्रष्टा तथा कलाकार मुकुन्द प्रयास "निर्वाण कला सम्मान-२०८२" बाट सम्मानित

खगिन्द्रा खुसी · पौष २३, २०८२ १०:०० PM
Cover Image for News

झापा, पौष २३ । स्रष्टा तथा कलाकार मुकुन्द प्रयास राजधानीमा सम्मानित हुनुभएको छ । बुधबार नेपाल व्यवसायिक कलाकार संघ (CAAN) को ३१ औं स्थापना दिवस तथा कलाकार अरनिको स्मृति दिवसको अवसरमा राजधानीमा सम्पन्न एक कार्यक्रमका बिच उहाँ सम्मानित हुनुभएको हो ।

मुकुन्द प्रयास
मोफसलमा बसेर निरन्तर लेखन, चित्रकला, मूर्तिकला तथा कला व्यवसायमा समर्पित प्रयासलाई उहाँको कलाकर्मका लागि दश हजार राशी तथा सम्मान पत्र सहित "निर्वाण कला सम्मान-२०८२" बाट सम्मान गरिएको हो । क्लासिक भेन्यू सानेपा ललितपुरमा सम्पन्न भएको सो कार्यक्रममा नेपाल व्यवसायिक कलाकार सघका अध्यक्ष प्रेमलाल श्रेष्ठको सभाध्यक्षता तथा वरिष्ठ कलाकार शशिविक्रम शाहको प्रमुख आतिथ्य रहेको थियो । "निर्वाण कला सम्मान"को कलाकार बेखाराम श्रेष्ठले गर्नुभएको कुराको जानकारी सम्मानित स्रष्टा मुकुन्द प्रयासबाट प्राप्त भएको छ । 

ट्यागहरू:
सहित्य samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।