स्रष्टा रामविनय हृदयचन्द्र स्मृति सम्मानबाट सम्मानित हुने
झापा, माघ २० । स्रष्टा रामविनय (रामकुमार श्रेष्ठ) यस वर्षको “हृदयचन्द्र स्मृति सम्मान ”बाट सम्मानित हुने भएका छन् । साहित्य सदन नेपालले प्रत्येक बर्ष प्रदान गर्दै आइरहेको सो सम्मानको राशि पचास हजार रुपैयाँ रहेको छ । नगद राशि, दोसल्ला र सम्मान पत्रसहित राम विनयलाई आगामि फागुन ४ गते हृदयचन्द्र स्मृति दिवसका अवसरमा प्रदान गरिनेछ । साहित्य सदन नेपालका सचिव प्रह्लाद पोखरेल हस्ताक्षरित विज्ञप्तिबाट सो सम्मानको जानकारी प्राप्त भएको हो । सम्मानका लागि छनौट गरिएका रामविनय उमेरले ८२ वर्ष पूरा गरिसकेका प्रतिभा हुन् र उनका कविता, कथा, ललीत निबन्ध, नियात्रा, संस्मरण र आत्मकथा विधाहरूमा एक दर्जन बढी कृतिहरू प्रकाशित छन् ।
ट्यागहरू:
सहित्य
samachar
puraskar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
हरितालिका तीज महोत्सव तथा 'हाम्रो गौरव अवार्ड २०२६' को नयाँ दिल्लीमा आयोजना गरिने
दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
नेपाली साहित्य क्लब औपचारिक घोषणा तथा शुभारम्भ विज्ञप्ति
दिलिप घिमिरे - बुधबार २ सेप्टेम्बर २०२६
१९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विराटनगरमा साहित्यकार तथा समालोचक स्व. दधिराज सुवेदीलाई विशेष कार्यक्रम सम्पन्न गरी सम्झियो
Khagendra Khushi - बुधबार २ सेप्टेम्बर २०२६
मिरिकमा पहिलो चोटि "महफिल गजल" कार्यक्रम हुने
दिलिप घिमिरे - मङ्गलबार १ सेप्टेम्बर २०२६