स्रष्टा रामविनय हृदयचन्द्र स्मृति सम्मानबाट सम्मानित हुने
झापा, माघ २० । स्रष्टा रामविनय (रामकुमार श्रेष्ठ) यस वर्षको “हृदयचन्द्र स्मृति सम्मान ”बाट सम्मानित हुने भएका छन् । साहित्य सदन नेपालले प्रत्येक बर्ष प्रदान गर्दै आइरहेको सो सम्मानको राशि पचास हजार रुपैयाँ रहेको छ । नगद राशि, दोसल्ला र सम्मान पत्रसहित राम विनयलाई आगामि फागुन ४ गते हृदयचन्द्र स्मृति दिवसका अवसरमा प्रदान गरिनेछ । साहित्य सदन नेपालका सचिव प्रह्लाद पोखरेल हस्ताक्षरित विज्ञप्तिबाट सो सम्मानको जानकारी प्राप्त भएको हो । सम्मानका लागि छनौट गरिएका रामविनय उमेरले ८२ वर्ष पूरा गरिसकेका प्रतिभा हुन् र उनका कविता, कथा, ललीत निबन्ध, नियात्रा, संस्मरण र आत्मकथा विधाहरूमा एक दर्जन बढी कृतिहरू प्रकाशित छन् ।
ट्यागहरू:
सहित्य
samachar
puraskar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
‘स्वस्तिका स्मृति लघुकथा प्रतियोगिता-२०८३’ मा टङ्कबहादुर आलेमगर सर्वोत्कृष्ट
खगिन्द्रा खुसी - मङ्गलबार २० अक्टोबर २०२६
मैत्री समाज र नवनासो साहित्य प्रतिष्ठानको मा.वि स्तरीय कविता प्रतियोगिता सम्पन्न
दिलिप घिमिरे - आइतबार १८ अक्टोबर २०२६
विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट
दिलिप घिमिरे - बिहिबार १५ अक्टोबर २०२६
"वेध" लोकार्पण, स्रष्टा सम्मान तथा "वेध सिर्जना उत्सव- २०८३" सम्पन्न
दिलिप घिमिरे - सोमबार १२ अक्टोबर २०२६