राधिका माध्यमिक विद्यालय उर्लाबारी ६ मा रहेको राधिका साहित्य समाजले यही माघ ५ गते एक भव्य साहित्यिक कार्यक्रमको आयोजना गरेको छ। राधिका साहित्य समाजका संरक्षक, कवि, कथाकार तथा विद्यालयका शिक्षक श्री यज्ञ परिश्रमीको ६१औं जन्मदिन तथा शिक्षण पेशाबाट अनिवार्य अवकाश पाएको दिनको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रमको प्रमुख आकर्षण साहित्यिक विधामा बिरलै मात्रै आयोजना हुने "अन्तर कृति संवाद कार्यक्रम" थियो। 'राराको लिला' कविता संग्रहका लेखक कवि यज्ञ परिश्रमी तथा 'पानीको पर्खाल' कविता संग्रहका लेखक, कवि कृष्ण उदासीद्वारा एक अर्काका कृतिको बारेमा अन्तर संवाद गराइएको सो कार्यक्रममा सहजकर्ताको रुपमा कवित्री रिता पोखरेल हुनुहुन्थ्यो । उर्लाबारी, पथरी तथा दमक क्षेत्रका कवि कवित्रीहरूको उपस्थितिमा श्री उदाशी र श्री परिश्रमी बीचको संवाद करिब एक घण्टा ३० मिनेट चलेपछि साहित्य समाज राधिकाले कवि तथा शिक्षक यज्ञ परिश्रमीलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मानित गरेको थियो।कवि यज्ञ परिश्रमी को जन्मदिन परेको हुँदा विद्यालयका विद्यार्थीहरूले सरप्राइज birthday समेत मनाएका थिए।FB_IMG_1768924806934.jpg257.83 KBविद्यार्थीहरूमा आफ्ना गुरुको जन्मदिनको अवसरमा जति खुसी थियो उहाँबाट टाढा हुनुपरे को कारण उनीहरूमा त्यति नै नैरास्यता थियो। आफ्ना गुरुसँग फोटो खिचाउने क्रममा विद्यार्थीहरूका आँखा रसाएका देखिन्थे भने सोबेला वातावरण स्तब्ध भएको थियो। कार्यक्रममा साहित्य समाज राधिकाका विद्यार्थीहरु युना लिम्बु ,प्रशान्त सापकोटा, सृष्टि भण्डारी, र काजल शाहले कविता वाचन गरेका थिए भने विद्यार्थीहरू किस्मत बास्तोला र प्रशान्त सापकोटा द्वारा लिखित तथा निर्देशित एकाङ्की तथा एकल नाटक "यज्ञ सरको जीवनी"को प्रदर्शन गरिएको थियो, कलाकारमा सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी प्रशान्त निरौला थिए। विद्यालयका विद्यार्थीहरूद्वारा गरिएको सो कार्यक्रमको सर्वत्र प्रशंसा गरिएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ६ उर्लाबारीका वडा अध्यक्ष श्री चिन्तामणि पौडेल हुनुहुन्थ्यो भने विशिष्ट अतिथीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमु, प्रधानाध्यापक कुमार पोखरेल तथा कवि कथाकार मूर्तिकार मञ्जुल मितेरी हुनुहुन्थ्यो । FB_IMG_1768924798223.jpg296.76 KBकार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथिले राधिका मावि का विद्यार्थीहरूद्वारा यस्तो कार्यक्रमको आयोजना हुनु अत्यन्तै प्रशंसनीय र सम्मानित कार्यक्रम भएको बताउँदै शिक्षक यज्ञ परिश्रमी को अवकाश प्राप्त जीवनसुखद रहोस् भन्ने कामना गर्नुभयो। विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलले राधिका माध्यमिक विद्यालय विद्यार्थीहरूको प्रतिभा खोजी गर्न सधैं लागिरहने बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुले सो कार्यक्रमले साहित्यिक प्रतिभाको विकास मात्र गराउने नभई शिक्षकहरूले विद्यार्थीहरू प्रति गुरु यज्ञ परिश्रमीको जस्तै सोचाई राख्नुपर्ने बताउनुभयो। विद्यालयका शिक्षक पदम लुइटेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम मा राधिका स्टारका फाइनलिस्ट सामिप्य खनाल र जेनिसा खड्काले शुभकामना गीत गाउनु भएको थियो ।राधिका माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न सो कार्यक्रममा करिब १०० जना विद्यार्थी तथा साहित्यकारहरूको सहभागिता थियो।
ट्यागहरू:
सहित्य
literature
sahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।