स्रष्टा निरङ्कर थापालाई चौथो 'शशिप्रभा स्मृति पुरस्कार' प्रदान

खगिन्द्रा खुसी · पौष १२, २०८२ ७:२१ PM
Cover Image for News

झापा, पौष १२ । आज दार्जिलिङको मिरिकमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चौथो शशिप्रभा स्मृति पुरस्कार "मार्साङ" उपन्यासका लागि निरङ्कर थापालाई प्रदान गरिएको छ ।  साहित्य सुनौ परिवार मिरिक अनि रिपोर्टर्स क्लब अफ मिरिकको आयोजना तथा साहित्यकार विजय वान्तवा "कैलाशी" को प्रायोजनमा सम्पन्न हुने चौथो शशिप्रभा स्मृति पुरस्कार २०२५ उपन्यासकार निरङ्कर थापालाई उनको उपन्यास मार्साङ-का लागि प्रदान गरिएको हो । साहित्यकार विजय वान्तवा "कैलाशी"- ले आफ्नो स्वर्गीय धर्मपत्नी शशिप्रभा वान्तवाको स्मृतिमा वर्ष २०२२ देखि प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेका छन् । नगद राशी पचास हजार सहितको यो पुरस्कारका साथमा अङ्गवस्त्र अनि स्मृति चिन्ह समेत प्रदान गरिएको छ । 

111.jpg 53.99 KB
चौथो शशिप्रभा स्मृति पुरस्कारका लागि भारतभरिका साहित्यकारहरूको ६५ वटा पुस्तकहरू प्राप्त भएको जसमध्ये प्रथम चरणको छनौटमा जुरीहरूले उत्कृष्ट दस पुस्तकहरू छनौट गरेपछि दोस्रो चरणको छनौटमा जुरीहरूको निर्णय अनुसार उपन्यासकार निरङकर थापाको उपन्यास मार्साङलाई पुरस्कारका लागि छनौट गरिएको हो । ड. कबिर बस्नेतको  प्रमुख आतिथ्य तथा आशा मुखिया लामाको विशिष्ट आतिथ्यमा सम्पन्न सो कार्यक्रममा स्रष्टाहरुले विभिन्न रचना वाचन गरेका थिए भने जातीय कवि अगमसिंह गिरिको जन्मजयन्तीको अवसर समेत पारेर वहाँलाई स्मरण गर्दै वहाँको साहित्य प्रतिको योगदानको पनि चर्चा गरिएको समाचार स्रष्टा कविता राई गाउँलेबाट प्राप्त भएको छ । 

ट्यागहरू:
सहित्य samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।