स्रष्टा मधु गुरुङको उपन्यास `जीवनको गीत´माथि विमर्श

खगिन्द्रा खुसी · पौष २८, २०८२ ८:१५ PM
Cover Image for News

झापा, पौष २८ गते । चितवनमा स्रष्टा मधु गुरुङको उपन्यास जीवनको गीतमाथि विमर्श गरिएको छ । प्रगतिशील लेखक सङ्घ चितवनको आयोजनामा मोरङकी स्रष्टा मधुको उपन्यासमाथि विमर्श कार्यक्रम सम्पन्न गरिएको हो । 

नारायणी नमुना मा. वि. भरतपुर चितवनको सभाहलमा सम्पन्न सो कार्यक्रममा प्रगतिशील लेखक सङ्घ चितवनका अध्यक्ष उषा तिवारी (विष्णुदेवी तिवारी उषाको)को अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार इन्द्रप्रसाद रेग्मी हुनुहुन्थ्यो ।

photo
कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै आख्यानकार सरिता तिवारीले पितृसत्तात्मक हाम्रो समाजलाई जीवनको गीत उपन्यासले प्रहार गरेको बताउनुभयो ।

“हाम्रो समाज पितृसत्तात्मक समाज हो । यहाँ महिलालाई दबाउनैपर्छ भन्ने मान्यता छ जुन उपन्यासमा सशक्त रुपमा उठाइएको छ । उपन्यासको बलियो पक्ष भनेकै यही हो ।”उहाँले भन्नुभयो ।

यस्तै आख्यानकार आकाश पौडेलले जीवनको गीत उपन्यासमा प्रस्तुत गरिएका पुरुष  पात्रहरूको प्रस्तुति कमजोर भएको  टिप्पणी गर्नुभयो ।

ट्यागहरू:
सहित्य literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।