स्रष्टा मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक

खगिन्द्रा खुसी · पौष २६, २०८२ ६:०६ PM
Cover Image for News

झापा, पौष २६ राजधानीमा सम्पन्न एक कार्यक्रममा स्रष्टा मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक भएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा तथा नेपाल विद्युत प्राधिकरणको प्रायोजनमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि शर्मा, अध्यक्ष रोदन डा.हरि सिलवाल र नेपाल साहित्यिक पत्रकार संघ अध्यक्ष मोहन दुवालले संयुक्तरूपमा पोखरेलको कथा संग्रह सार्वजनिक गरेका गरेको थिए ।

photo
सुक्रबार सम्पन्न भएको सो कार्यक्रममा ‘अमर ज्योति साहित्यक पत्रकारिता विशेषाङ्क’ पनि सार्वजनिक गरिएको छ । कार्यक्रममा कथाकार पोखरेलले आफ्नो कृतिको बारेमा आफ्ना धारणा राख्नुभएको थियो भने नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तुलाराम गिरीले अमरज्योति साहित्यिक त्रैमासिकको बारेमा मन्तव्य राख्नुभएको थियो ।

ट्यागहरू:
सहित्य samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।