स्रष्टा गणेश नेपालको दशौँ दिनमा शोकशभा

खगिन्द्रा खुसी · कार्तिक २९, २०८२ ८:४० PM
Cover Image for News

कवि तथा स्रष्टा गणेश नेपालको निधन भएको छ । परदेशको पीडा(गीति काव्य), बाँच्नुको एउटा जीवन(आत्मकथा), समयका कविता(कविता संग्रह) तथा गुणीको गाना(गीति काव्य) गरी चार कृतिका कृतिकार कवि नेपाल स्रष्टा डा.रत्नमणि नेपाल, कलाकार कविता नेपाल लगायतका पिता हुनुहुन्छ ।
वि.सं.२००१ शाउन २९ गते जन्मिएका कवि नेपालको कार्तिक १९ गते निधन भएको थियो । कवि नेपालको दशौँ दिनको पुण्य तिथिको दिन आज झापाको चन्द्रगढीमा उहाँलाई श्रद्धान्जली अर्पण गर्दै शोकसभा सम्पन्न भएको छ ।

फोटो
वर्तमान साहित्य प्रतिष्ठानको आयोजनामा चन्द्रगढी स्थित मेची टुरिजम एन्ड हस्पिटालिटी कलेजको सभा हलमा सम्पन्न श्रद्धाञ्जली सभामा साहित्यकार होम सुबेदी, देवीचरण भण्डारी, सस्थाका पूर्व अध्यक्ष राजु बराल र कृष्ण अनमोलका साथै नगर कला, साहित्य, सङ्गित प्रतिष्ठान भद्रपुरका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलले कवि नेपालले नेपाली साहित्यमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
वर्तमान साहित्य प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन महेन्द्र कोइरालाले गरेका थिए ।

ट्यागहरू:
सहित्य कविता samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।