बुधबार राजधानीमा गृहिणीहरूको आत्मकथा तथा संस्मरण लेखन प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको छ । राजधानीको जोरपाटी नयाँ वस्ती स्थित टाइमलाइन स्कूलको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । अभिनव साहित्य समाज गोकर्णेश्वरले आयोजना गरेको तथा गोकर्णेश्वर नगरपिलकाले प्रायोजन गरेको सो कार्यक्रममा ५० जनाभन्दा बढी गृहिणीहरूको सहभागिता रहेको थियो । फोटोसाहित्यकार परशुराम पराशरले आवश्यक प्रशिक्षण दिनुभएको उक्त कार्यक्रममा गोविन्द घिमिरे वेदमणि, उपमेयर सान्नानी लामा तथा सभाध्यक्ष विमल अर्यालले गहन मन्तव्य राख्नुभएको थियो । अभिनवका उपाध्यक्ष विमल अर्यालको सभाध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामाको प्रमुख आतिथ्य रहेको कार्यक्रमको सन्चालन शारदा पराजुलीले गर्नुभएको थियो ।फोटो कार्यक्रममा अभिनवका अध्यक्ष गोविन्द घिमिरे, कल्पतरूका सम्पादक नवराज पुडासैनी, साहित्यकार मञ्जुश्री गिरी प्रधान,स्रष्टा डा. यादेवी ढकाल, मुक्तककार निशा केसी, टाइमलाइन स्कूलका प्राचार्य राजप्रसाद बडाल, स्रष्टा वसन्त रिजाल तथा खोलाघरे साहिँलोको विशेष आतिथ्य रहेको थियो । अभिनव साहित्य समाज गोकर्णेश्वरले सबै वर्ग र समुदायमा लक्ष्यित यस्ता कार्यक्रमहरू सम्पन्न गर्दै आएको कुरा स्रष्टा खोलाघरे साहिँलोले जानकारी गराउनु भएको छ ।
ट्यागहरू:
सहित्य
literature
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।