सिर्जनात्मक लेखनसम्बन्धी दुई दिने कार्यशाला सम्पन्न
झापा १४फागुन /'परिबोध'समूहले वाल्मीकि क्याम्पस, काठमाडौँमा सिर्जनात्मक लेखनसम्बन्धी दुई दिने कार्यशाला बुधबार सम्पन्न गरेको छ ।
पहिलो दिन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा समालोचक प्रा.डा. रामप्रसाद ज्ञवाली गरिमामय उपस्थिति रहेको थियो भने नेपाली विभाग प्रमुख प्रा.डा. नारायण चालिसे उत्प्रेरणामूलक मन्तव्य रहेको थियोे ।
दुई दिवसीय सिर्जनात्मक लेखनसम्बन्धी कार्यक्रमको सहजीकरण साहित्यकार डाक्टर देवी नेपालले गरेका थिए ।
कार्यक्रममा नेपाली कविताका वार्णिक छन्द,मात्रिक छन्द,लोक छन्द र मुक्त छन्दमा कविता लेखनसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक विमर्श गरिएको थियो ।
सहभागीहरूको उत्साह र प्रतिभा देख्दा अत्यन्त खुसी लागेको छ र यस्ता प्रशिक्षण कार्यक्रमहरुले साहित्य लेखनमा ठुलो सहयोग मिल्ने सहजकर्ता नेपालले बताए । ´व्यक्तिगत सिर्जना र कार्यशाला अवधिमा गरिएका सामूहिक सिर्जनाको गुणस्तर देख्दा झन् आश्चर्य लागेको र ती सिर्जना हाम्रा अमूल्य सम्पत्ति भएको उनले बताए।
परिबोध मार्फत समाजलाई पौरस्त्य वाङ्मयका आलोकमा साहित्य,संस्कार र सङ्गीतसँग जोड्ने यात्रा थालेको छ । कार्यक्रममा परिबोधका संयोजक तपन भट्टराई, सहसंयोजक निश्चल आचार्य तथा आयोजक समूहका सदस्यहरू लगायत उल्लेख्य रुपमा सहभागीहरूको उपस्थिति रहेको थियोे ।