सिर्जनशील समाजिक युवा समूहले दोस्रो अधिवेशनमा साहित्यिक कार्यक्रम
झापा २८ पुस/ सिर्जनशील समाजिक युवा समूह नेपालले इलाममा दोस्रो अधिवेशन तथा साहित्यिक कार्यक्रम अयोजना गर्यो । पुस २६ गते इलामको अरनिको सङ्ग्राहलयमा भएको थियोे ।
समीक्षा छिलिङको अध्यक्षतामा भएको कार्यक्रममा हाङयुग अज्ञान प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथि प्रतिभा पौडेल रहेकी थिइन् ।
कार्यक्रममा तीन कविहरु ऋजन मायालु, प्रदीप योङहाङ र पवित्रा घिमिरेले कविता वाचन गरेका थिए । कार्यक्रमको दोस्रो भागमा अबको साहित्य लेखन के हुने ? विषयमा बहस गरिएको थियो । यो बहसमा पहिचानी कवि प्रकाश थाम्सुहाङ वक्ताका रुपमा थिए भने कविता राई कार्यक्रम प्रस्तोता थिइन् ।
बहस कार्यक्रममा कवि प्रकाश थाम्सुहाङले मोफसल र केन्द्रको भन्ने धारणा भत्किदैँ गएको र राजधानीका लेखकहरुले राजधानीबाहिरका लेखकहरुलाई चिने पनि नचिनेजस्तो नक्कल गरिरहेको बताएका थिए । टिप्पणीकर्ताको रुपमा रहेका जनकऋषि राईले साहित्यिक लेखनमा अन्तिम सत्य नभएकोले बहुकेन्द्रको खोजी हुनुपर्ने बताए । 