सूर शिरोमणि- नातिकाजीको १०१औँ जन्मजयन्ती मनाइयो

खगिन्द्रा खुसी · पौष ४, २०८२ ६:१८ PM
Cover Image for News

पौष ४, झापा । नेपाली साङ्गीतिक  जगतका मूर्धन्य व्यक्तित्व नातिकाजीको १०१औँ जन्मजयन्ती मनाइएको छ । कुटुबहालस्थित नातिकाजीकै नीजि निवासमा सम्पन्न कार्यक्रममा आधुनिक सङ्गीतका सूर शिरोमणि भनेर चिनिने सङ्गीतकार नातिकाजी श्रेष्ठको जन्मजयन्ती मनाइएको हो । उहाँले नेपाली साङ्गीतिक जगतमा दिनुभएको योगदानको चर्चा गर्दै कार्यक्रममा उहाँको फोटोमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले नातिकाजी सम्बन्धी कार्यक्रमहरु अहिलेसम्म स्मृति समाजले नै गरिरहेको छ । खासमा यो कार्यक्रम र नातिकातीका नामका पुरस्कार घोषणा राष्ट्रियस्तरबाट नै गरिनुपर्ने बताउनुभयो । । उहाँले नातिकाजीकी श्रीमती सरस्वती श्रेष्ठको निधन भएको ९० दिन नपुगेको हुनाले हरेक वर्ष प्रदान गरिँदै आएको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कारको घोषणा केही पछि सारिएको पनि जानकारी दिनुभयो । कार्यक्रममा गीतकार राजेन्द्र थापा, प्राज्ञ चेतन सापकोटा, मिलन मोक्तानलगायतले सङ्गीतकार नातिकाजीका बारे आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।  

ट्यागहरू:
सहित्य literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।