‘सिमसारा’लाई ‘विमल गुरुङ कृति पुरस्कार’

खगिन्द्रा खुसी · असोज २८, २०८२ ९:४९ AM
Cover Image for News

वसन्त बस्नेतको उपन्यास ‘सिमसारा’ले ‘विमल गुरुङ कृति पुरस्कार’ प्राप्त गरेको छ . सुनसरीको धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ सालको पुरस्कार पत्रकार एवं लेखक बस्नेतलाई प्रदान गर्ने भएको हो । पुस्तकालय सञ्चालक समितिले सोमबार विज्ञप्तीमार्फत बस्नेतको कृतिलाई उक्त पुरस्कारका लागि चयन गरिएको जनाएको छ ।

२ लाख रुपैयाँ राशिको पुस्तकका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकार र सर्जकहरूका१०४ कृति प्राप्त भएको कुरा पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । तीमध्येबाट प्रारम्भिक छनोटमा १० उत्कृष्ट कृति चयन गरिएपछि ‘सिमसारा’लाई पुरस्कार दिने निर्णय भएको हो ।

पुरस्कार आगामी  कात्तिक १९मा ३४औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४औँ जन्मजयन्तीका अवसरमा प्रदान गरिनेछ । विजेतालाई २ लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिने पुस्तकालयले जनाएको छ । यसअघि यो पुरस्कार बेलायतका नरेश काङमाङको कविता संग्रह ‘तेप्लायु’, भारत दार्जिलिङका विजय कैलाशी राईको आख्यान ‘मित्याङ्सा’, गोरखाका चन्द्र गुरुङको कविता संग्रह ‘जब एउटा मान्छे हराउँछ’ तथा इलामका प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शब्दथुम’ लाई प्रदान गरिएको थियो ।

 

ट्यागहरू:
सहित्य कविता literature news samachar sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।