“सुखानी सन्देश साप्ताहिक”को ‘वैदेशिक रोजगार विशेषांक’को विमोचन सम्पन्न

खगिन्द्रा खुसी · फागुन ५, २०८२ ८:५३ PM
Cover Image for News

झापा, फागुन ५ । झापामा फागुन ३ गते “सुखानी सन्देश साप्ताहिक”को ‘वैदेशिक रोजगार विशेषांक’को विमोचन भएको छ । प्रेस क्लब–भद्रपुरको संयोजनमा चन्द्रगढीस्थित क्लबकै प्रेक्षालयमा सम्पन्न कार्यक्रममा आमन्त्रित मुख्य पाहुना नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष मान्यवर तीर्थ कोइरालाका साथमा प्रदेशकै ज्येष्ठ पत्रकार सर्वश्री गोविन्दचन्द्र छेत्री, नेपाल पत्रकार महासंघ* कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, महासंघ* झापा जिल्ला शाखा अध्यक्ष एकराज गिरी, वैदेशिक रोजगार व्यवसायी संघ–झापाका अध्यक्ष धन ब.पन्धाक, सञ्चारिका समूहकी झापा अध्यक्ष लीला अनमोल, प्रकाशक-प्रधान सम्पादक स्वयं राजु पाठक र सम्पादक चूडामणि वशिष्ठ समेतले सो रंगीन मेगेजिनको विमोचन गर्नु भएको हो ।  

       कार्यक्रममा नेपाल पत्रकार महासंघ, झापा जिल्ला शाखाका ५ जना पूर्वअध्यक्ष– सर्वश्री गोविन्द सर, चिन्तामणि दाहाल सर, मोहन काजी, माधव विद्रोही र तारामणि सापकोटा (प्रेस क्लबका आदरणीय ‘सल्लाहकार’ समेत) तथा पूर्वसचिव सन्तोष आचार्य, अग्रज पत्रकार गोपाल गिरी, महासंघ–झापाकी उपाध्यक्ष विनिशा शर्मा, पत्रकारजन्य संस्थाहरूका पदाधिकारी एवम् प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो । 

ट्यागहरू:
सहित्य svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।