२०८२ वैशाख ३ गते बुधवार सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा मोरङमा २०८२ साल वैशाख ६ र ७ गते हुन गइरहेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको पूर्वतयारीका सन्दर्भमा क्याम्पसले वैशाख ३ गते बुधवारका दिन क्याम्पसका सम्पूर्ण पठनपाठन र प्रशासनिक कार्य स्थगन गरेर शिक्षक कर्मचारीको संयुक्त बृहत् बैठक आयोजना गरेको छ ।२.jfif58.61 KB यस कार्यक्रममा सहायक क्याम्पसप्रमुख तथा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका संयोजक गणेशप्रसाद दहालले सम्मेलनको अवधारणामाथि प्रकाश पार्नुभएको थियो भने सम्मेलनका कन्भेनर/सदस्य गुणराज नेपालले सम्मेलनमा हुने कार्यक्रमहरूको विवरण एवम् सम्मेलन सम्पन्न गर्न गठन गरिएका समिति, उपसमितिका संयोजक र सदस्यहरूको कार्यगत भूमिकाको बारेमा स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा सहायक क्याम्पसप्रमुख बलराम पोख्रेलले स्वागत भाषण र शिक्षक कर्मचारीको उपस्थिति अभिलेखको व्यवस्थापन गर्नुभएको थियो । ३.jfif49.39 KB कार्यक्रममा क्याम्पसप्रमुख अर्जुनराज अधिकारीले कार्यक्रमको गरिमा र प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा सक्रिय सहभागी हुनुपर्ने बताउनुभएको थियो साथै आर्थिक एवम् व्यवस्थापकीय सन्दर्भमा समेत सम्बोधन गर्नुभएको थियो । बैठकमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका विविध विषयमा शिक्षककर्मचारी एवम् सम्मेलन आयोजक समितिका बीचमा प्रश्नोत्तर र छलफलसमेत गरिएको जानकारी नेपाली शिक्षण विभागका प्रमुख गेहेन्द्र खनालले गराउनुभयो । कार्यक्रममा सम्पूर्ण शिक्षक कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
ट्यागहरू:
सहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।